arrow

अन्तर्राष्ट्रिय वियर दिवस : परालले बेरेर आयात गर्नुपर्ने अवस्थाको अन्त्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
beer-glass.jpg

काठमाडौं। क्यालिफोनिर्याको सान्टाक्रुज समुदायका एक जना व्यक्ति सोही समुदायमा आफ्ना साथीहरुसँग गफिँदै थिए सन २००७ तिर। ती व्यक्ति थिए जेसी अभ्सालोमुभ। उनले साथीभाईबीच जमघट गर्दै वियर दिवस मनाउने कल्पना सुनाए। त्यसै वर्षदेखि अन्तर्राष्ट्रिय दिवस मनाइदै आएको छ। तर, नेपालमा भने यो दिवस खासै मनाइदैन।

साथीभाई जमघट गरेर रमाइलो गर्ने दिनको रुपमा नेपालमा समेत दिवस मनाउन नकारात्मक नरहेको बताउँछन् मदिरा व्यवसायी। खासमा अन्तर्राष्ट्रियस्तरमा साथीभाइ हुने, रमाइलो गर्ने लगायतका संस्कृति बसाल्न यो दिवस सकारात्मक रहेको व्यवसायी बताउँछन्।

नेपालमा दिवसकै प्रचलन नभइसकेपनि बियरको कारोबार हुन थालेको ३ दशक भइसकेको टाइगर ब्रुअरीका प्रबन्धक आशिक अधिकारी बताउँछन् । उनका अनुसार वि.सं. २०४५ सालदेखि नेपालमा बियरको कारोबार हुन थालेको थियो । त्यतिबेला भारतबाट परालमा बेरेर बोरामा हालेर बियर आयात गर्ने चलन थियो । नेपालमा त्यति ठुलो मार्केट नभएका कारण नेपालमै उत्पादन कसैले थालेका थिएनन्। भारतबाटै आयात गरेर भएपनि नेपालमा त्यतिबेलाको प्रचलित बियर थियो गोल्डेन इगल ब्राण्ड।

नेपालमा बियर उत्पादनको औपचारिक सुरुवात
वि.सं. २०४६ तिर नेपालमा धनाढ्य परिवारका केही व्यक्तिले बाहेक अन्यले बियर पिउँदैनथे। नेपालमा खासै बियरको बजार थिएन। जब विस्तारै बियरको बजारको सम्भावना देखियो त्यति बेला युनाइटेड ब्रुअरी बियर उत्पादन कम्पनीको स्थापना भयो। सो कम्पनीले स्टार गोल्ड बियर उत्पादन गर्न थाल्यो। र त्योसँगै नेपालमा नेपालमै उत्पादित बियरको औपचारिक विक्री वितरण सुरु गरियो। त्यतिबेला बियरको धेरै माग थिएन। धनाढ्यहरुले मात्र पिउने गर्ने गरेको बताउँछन् अधिकारी।

३ दशकमा करिब १ दर्जन कम्पनी
अहिले नेपालमा बियर उत्पादन गर्ने कम्पनीहरु १० वटा रहेका छन्। मूख्य रुपमा गोरखा, सीजी, टाइगर, यती, माउन्ट एभ्रेष्ट, राज, हिमालय, शेर्पा, याक र नेपाल ब्रुअरीले नेपालमा बियर उत्पादन गर्दै आएका छन्।

टाइगर ब्रुअरीका प्रबन्धक अधिकारीका अनुसार अहिले नेपाली बजारमा मासिक १२ लाख कार्टुन बियरको माग रहेको छ। सो अनुसार वार्षिक १ करोड ४४ लाख कार्टुन बियर नेपालमा खपत हुने गरेको छ। नेपालको आफ्नै उत्पादनले नेपालमा हुने बियरको माग धानेको अधिकारीको दावी छ।

कोरोना प्रभावले विक्री घट्यो
पछिल्लो समय कोरोनाको प्रभावले बियरको माग करिब ५० प्रतिशतले घटेको छ। व्यवसायीहरुका अनुसार बियरको विक्री वितरण मासिक ६ लाख कार्टुनमा खुम्चिएको छ।

आयात न्युन
बियरको आयात नगन्य रहेको बताउँछन् टाइगर ब्रुअरीका महाप्रबन्धक अधिकारी। त्यसमाथि पछिल्लो समय कोरोना नियन्त्रण गर्न भन्दै सरकारले बियर लगायतका वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको छ।

कच्चा पदार्थ सबै आयात
नेपालमा बियर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सबै आयात गर्नुपर्ने स्थिति रहेको छ। अलिकति कच्चा पदार्थ नेपालमा नै उत्पादन गर्न सकिने भएपनि बियरको माग अनुसारको कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सम्भव नरहेको बताउँछन् अधिकारी। बियरको उत्पादन होप, विभिन्न जडीबुटी, फलफूल लगायतका वस्तुबाट उत्पादन गरिन्छ।

सरकारलाई अर्बमा राजश्व
नेपालमा रहेको १० वटा बियर उद्योगले सरकारलाई अर्बमा राजश्व तिर्दै आएका छन्। बियर कम्पनीबाट सरकारलाई प्रति कार्टुन १२ सय ८७ रुपैयाँ अन्तशुल्क राजश्व र साढे २ सय देखि ३ सय रुपैयाँसम्म मूल्यअभिवृद्धि करका रुपमा राजश्व प्राप्त हुने गरेको छ। त्यस्तै उत्पादकले बियर विक्री वितरणवापत गरिएको आम्दानीमार्फत आयकर समेत तिर्ने गरेका छन्।

अन्तशुल्क कर र मुअ कर गरेर प्रति कार्टुन १५ सय ८७ रुपैयाँ सरकारलाई कर तिर्दै आएका छन्। वर्षमा औषत १ करोड ४४ लाख कार्टुन उत्पादन गर्ने बियर कम्पनीहरुमार्फत सरकारले २२ अर्ब ८५ करो २८ हजार रुपैयाँ दुईथरि राजश्व मात्रै बुझाउँछन्। आयकर समेत गरेर ३० अर्ब रुपैयाँको हाराहारीमा सरकारलाई राजश्व तिर्दै आएका व्यवसायी बताउँछन्।

पछिल्लो समय बजारमा अस्वस्थ् प्रतिस्पर्धा बढेको र इजाजत नलिएरै पनि कारोबार भइरहेकाले सरकारले राजश्व गुमाइरहेका घटनाहरु यदाकदा सुन्ने गरिन्छन्। इजाजत नलिइकनै सञ्चालनमा रहेका वितरक, कम्पनी लगायतको नियमन गरेर स्वच्छ बजार बनाउने र आफ्नो आम्दानी समेत सरकारले बढाउनुपर्ने व्यवसायीले बताएका छन्।

सरकारले अन्त सुल्क दर उच्च राखेको बियर उत्पादकलाई चित्त बुझेको छैन। घरेलु मदिरा प्रतिस्थापनका लागि अन्तशुल्क दर कम हुनुपर्ने उत्पादकहरुको माग छ। बियर समाजमा बसेर पिउन मिल्ने, समाजले स्वीकारेको चीज भएकाले केही नीतिमा सरकारले हेरफेर गर्नुपर्ने व्यवसायीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ