arrow

जुकरवर्गको सम्पत्ति १०० अर्ब अमेरिकी डलर

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २४ शनिबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं। फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति १०० अर्ब अमेरिकी डलर नाघेको छ। बुधबार टिकटक जस्तै रील नामक फिचर इन्सटाग्राममा थपेपछि कम्पनीको सेयर निकै बढेको हो।

इन्सटाग्रामले टिकटकमा जस्तै १५ सेकेण्डको म्युजिक भिडियो बनाएर हाल्न सकिने फिचर थप गरेको थियो। अहिले विश्वभरका ५० देशमा यो फिचर सार्वजनि भइसकेको छ।

भारत, अमेरिकालगायतका देशले टिकटकमाथि प्रतिबन्ध लगाउन थालेपछि इन्सटाग्रामको टिकटक प्रतिद्धन्द्धी फिचरले चर्चा पाउने देखिएको छ। यसै कारण इन्सटाग्राममा लगानीकर्ताहरु बढेपछि मार्क जुकर बर्ग “सेन्टीबिलिनियर क्लब”मा जोइन हुन पुगेका हुन्।

यसअघि अमेजोनका मालिक जेफ बेजोसले करिब १ सय ८७ अर्ब अमेरिकी डलरभन्दा बढी र माइक्रोसफ्टका मालिक बिल गेट्सले १ सय २१ अर्ब डलरभन्दा बढी सम्पती सहित १०० अर्बको आँकडा नाघेका थिए।

अब १०० अर्ब भन्दा बढी सम्पती हुने विश्वको तेस्रो मानिस बन्न पुगेका छन् मार्क जुकर वर्ग। मार्क जुकर बर्गको सम्पती १ सय २ अर्ब अमेरिकी डलर पुगेको छ।
यो वर्ष मार्क जुकरवर्गको सम्पती २२ अर्बले बढेको छ भने जेफ बेजोसको सम्पती ७६ अर्बले बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ