arrow

दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बिमा बापत ७ लाख रुपैँया 

logo
प्रकाशित २०७७ साउन २४ शनिबार
Army-Support-mega.jpg

काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो ।

मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बिमा बापतको रकम हस्तान्तरण गर्नुभयो । 

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ