arrow

इरान माथिको आर्थिक नाकाबन्दी खुलेसँगै तेल माग्दै नरेन्द्र मोदी

तेल माग्न नरेन्द्र मोदी इरान जाने

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
modiiranpib-U10141023674vS--621x414@LiveMint.jpg.jpeg
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसैहप्ता इरानको भ्रमणमा जाने कार्यक्रम रहेको छ । मोदीले इरानसँग व्यापारिक सम्झौताका लागि त्यसतर्फ जान लागेका हुन् । 
 
तेलको धनी यस देशमा विभिन्न देशले लगाएको आर्थिक नाकाबन्दी हालैमात्र फिर्ता गरेपछि भारतले पनि इरानसँग तेललगायतका विभिन्न आर्थिक क्षेत्रमा सम्झौता गर्ने बताइएको छ । 
 
भारत इरानले निर्यात गर्ने कच्चा तेलको दोस्रो ठूलो राष्ट्र हो । तर सन् २०११ मा उसमाथि नाकाबन्दी लगाइएपछि भने भारतको इरानमाथिको निर्भरता घट्दै गएको हो । 
 
प्रधानमन्त्री मोदी आगामी शनिबार इरान पुग्नेछन् । उनले सो भ्रमणका क्रममा इरानका राष्ट्रपति हसन रउहानीसँग भेटवार्ता गर्ने भारतीय विदेशमन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
भारतले इरानसँग विभिन्न व्यापारसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । 
 
समाचार स्रोतका अनुसार यसअघि पनि आफुलाई आवश्यक पर्ने तेलको करिब ८० प्रतिशत तेल इरानबाटै ल्याउने गरेको भारतले यस पटकको भ्रमणका क्रममा पनि यस विषयमा सहमति हुने जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ