arrow

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
Muglin-sadak.jpg.jpeg
रत्ननगर (चितवन)। पहिरोका कारण मङ्गलबारदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ।
 
सडक सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो। आज बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ।
 
मङ्गलबार साँझ भारी वर्षासँगै खसेको चण्डीभज्ञ्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो।
 
पहिरोका कारण अवरुद्ध भएको सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फी मात्रै सडक सञ्चालन गरिएको थियो।
 
सो क्षेत्रमा सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ । हप्ता दिनको अन्तरालमै यहाँ दुईपटक पहिरोले बाटो अवरोध गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ