arrow

आज दुई पटक छ उद्धेग बेला, यस्तो छ समग्रमा दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ साउन २५ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ श्रावण २५ गते आइतबार, इस्वीसंवत अगष्ट ९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको षष्ठी तिथि रहनेछ । आज रेवती नक्षत्र, विष्कुम्भादि योगमा धृति, करणमा गर, आनन्दादि योगमा प्रवद्र्ध्र रहनेछ । 

सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३२ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४५ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसंग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नहुने देखिन्छ । स्वास्थ्यमा पनि गडबडी हुन सक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज विशेष सतर्क हुनुहोला । आज पश्चिम दिशाको यात्रा गर्नु ठीक छैन ।

वृषः आज समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर, व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।

मिथुनः आज समय मध्यम खालको छ । यसअघि स्वास्थ्यमा समस्या थिए भने सुधार आउने छ । सामाजिक संघ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ मिल्नेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।

कर्कटः आज समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसंग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । टाढाको भ्रमण गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला, किनकि समय खराब छ ।

सिंहः आज समय शुभ छैन । आफ्नै व्यक्तिसंग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ । खानपानमा विशेष ध्यान पु¥याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्याः समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । 

तुलाः आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मक कार्यमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । 

वृश्चिकः आज विश्वासिला आफन्तबाटै धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।

धनुः आज समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । आज पश्चिम दिशाको यात्रा घातक हुन सक्ने, सकभर यात्रा नै नगर्नुहोला ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसंग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ । 

कुम्भः आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।

मीनः आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइतः आज मीन राशिमा चन्द्रमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार हो, पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः३२ बजेदेखि         ७ः०२ बजेसम्म         उद्धेग बेला
बिहान ७ः०२ बजेदेखि         ८ः३२ बजेसम्म         चर बेला
बिहान ८ः३२ बजेदेखि         १०ः०२ बजेसम्म        लाभ बेला
बिहान १०ः०२ बजेदेखि        ११ः३२ बजेसम्म        अमृत बेला
बिहान ११ः३२ बजेदेखि        १ः०२ बजेसम्म          काल बेला
दिनमा १ः०२ बजेदेखि          २ः३२ बजेसम्म         शुभ बेला
दिउँसो २ः३२ बजेदेखि         ४ः०२ बजेसम्म          रोग बेला
दिउँसो ४ः०२ बजेदेखि         ५ः३२ बजेसम्म          उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ