arrow

बाँकेमा थपिए ४६ कोरोना संक्रमित

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
covid-test-positive-corona.jpg

नेपालगन्ज । बाँकेमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाँकेमा आइतबार पनि ४६ जना थपिएकाले सबैलाई घरमै बस्न आग्रह गरेका छन्। 

केही दिन यता बाँकेमा लगातार ठूलो संख्यामा संक्रमित बढिरहेका छन् । बाँकेमा समुदायमा कोरोना समेत फैलिएको अवस्थामा बढी  जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज लगायत बाँकेका सबै स्थानमा निकै कडाई गरिएको छ । 

अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ