- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा ठूलो संख्यामा प्रहरीलाई कोरोना संक्रमण भएको छ । । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा वडा प्रहरी कार्यालयका इन्स्पेक्टरसहित २९ जनासहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो । ती मध्ये एक जना प्रहरी बागेश्वरी मन्दिरमा ड्युटी भएका हुन् ।
वडाका प्रहरी इन्चार्जलाई पनि कोरोना देखिएको छ । यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा शिल गरिएको थियो । वडा प्रहरी कार्यालयबाट मात्रै ४७ जनाको स्वाब लिइएको थियो । आज मात्रै बाँकेका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अघिको रिपोर्टमा ४६ रहेको भएपनि थप दुईमा कोरोना भएको हो।प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाँकेमा आइतबार पनि ४८ जना थपिएकाले सबैलाई घरमै बस्न आग्रह गरेका छन्।
केही दिन यता बाँकेमा लगातार ठूलो संख्यामा संक्रमित बढिरहेका छन् । भेरीमा आज गरिएको परिक्षणमा दाङका ३ जनालाई पनि कोरोना पुष्टि भएको छ।