arrow

जनकपुरमा ७ दिन थपियो निषेधाज्ञा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन २५ आइतबार
janakpurdham.jpeg

धनुषा । जनकपुरधाम कोरोनाको संक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अझै ७ दिनका लागि थपिएको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सुरक्षा समितिको बैठकबाट ७ दिन अझै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन समुदाय स्तरसम्म जडो बनाएको भन्दै संक्रमण कम गर्नको लागि अझै ७ दिनको निषेधाज्ञा थपिएका जानकारी दिए।

जनकपुरका व्यापारीहरुको सन्दर्भमा उठाएको सबालमा व्यापार संघबाट प्रतीनीधित्व गरेका प्रतीनीधिहरुले कोरोनाको संक्रमणको वर्तमान अवस्थालाई मध्नयनगर गर्दै पसल तथा व्यावसाय ७ दिन अझै नखोल्ने निर्णयमा सहमति जनाएको जनकपुर उद्योग वाणिज्य संघ का महासचिव जितेन्द्र महासेठले बताए ।

यसका साथै, जनकपुरको दशरथ तलाउको उत्तरी डीलमा रहेको यात्रीनिवासलाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको र अझ आइसोलेशन बनाउने र बैंक तथा वितिय संस्थाहरू सिफ्ट वाइज खोल्ने निर्णय गरिएको बताए ।

सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उप महानगरपालिका का प्रमुख, जिल्ला जन स्वास्थ्यका प्रमुख, प्रादेशिक अस्पतालका मेसू, धनुषा चेम्बर एवं जनकपुर उद्योग बणिज्य संघका पदाधिकारीहरूको समेत उपस्थित थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ