arrow

कोरोना खोपमा काम गरिरहेको भारत बायोटेकले भन्यो, ‘चाँडै ल्याउन दवाव रहेपनि गुणस्तरमा गम्भीर छौ’

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २५ आइतबार
vaccine-covid.jpg

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारत परिक्षणमा जुटिरहेको छ। कोरोना खोपको परिक्षणमा जुटिरहेको भारत बायोटेकले खोप चाँडै ल्याउन दवाव परेपनि खोपको सुरक्षा र गुणस्तर उत्तिकै महत्वको रहेको बताएको छ । 

चेन्नाई इन्टरनेशनल सेन्टरमा कुरा गर्दै भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एम एलाले कम्पनीलाई खोप सक्दो चाँडो ल्याउन दबाब रहेपनि हतार गर्न नसकिने बताएका छन् । खोपको सुरक्षा र गुणस्तर जस्ता मानकलाई वेवास्ता गर्दै खोप ल्याउन हतार नगर्ने एलाले बताएका छन् । 

गत महिनादेखि भारत बायोटेकले पहिलो चरणको खोपको क्लिनिकल परिक्षण शुरु गरेको थियो। आइसीएमआर नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीसँग संयुक्त रुपमा मिलेर भारत बायोटेकले खोपको विकास तथा परिक्षण गर्दै आएको छ । 

कोभ्याक्सीन खोप सार्वजनिक गर्ने मितिको बारेमा गरिएको प्रश्नमा एलाले उच्चस्तरीय मापदण्ड पुरा गरेर क्लिनिकल रिसर्च गरिरहेको बताए । उनले आफूहरुले जारी राखेको खोपको अनुसन्धानलाई अन्तराष्ट्रिय निकाय र समुदायले नियालिरहेको उल्लेख गर्दै यो देश र अनुसन्धानमा जुटेका संस्थाहरुका लागि गर्वको बिषय भएको बताए। आफूहरुले नजिकको फाइदा हेरेर उच्च गुणस्तरीय खोप विकसित गर्ने कुरामा सम्झता नगर्ने बताए ।  

भारत बायोटेकले निर्माण गरेको बीबीभी १५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परिक्षणमा भारत सफलताको नजिक पुगेको समाचार आइरहँदा कम्पनीका प्रमुखको यस्तो धारणा आएको हो । 

भारतले सम्भवत उसको स्वतन्त्रता दिवस अगस्त १५ मा कोरोनाविरुद्धको खोपको प्रयोग सुरु गर्न सक्ने कतिपय भारतीय मिडियाहरुले बताएका थिए। 

बेलायतका वैज्ञानिकहरु पनि तेस्रो चरणको परिक्षणमा जुटेका छन्। यसअघी डेढ हप्ता अघी रुसी वैज्ञानिकहरुले अगस्टको मध्येसम्ममा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सीन लञ्च हुने दावी गरेका थिए। संसारभर अहिले सय भन्दा बढी कम्पनीहरुले खोप निर्माणमा जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ