arrow

भारतको विदेश मन्त्रालयले भन्यो, 'बुद्धको जन्म नेपालकै लुम्बिनीमा'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २५ आइतबार
Indian-Statement_buddha-was-born-in-nepal.jpg

काठमाडौं। भारतको विदेश मन्त्रालयले आफ्नै मन्त्री एश जयशंकरको भनाईको खण्डन गर्दै बुद्ध नेपालकै लुम्बिनीमा जन्मेको स्पष्ट पारेको छ। 

विदेशमन्त्री जयशंकरको भनाईको नेपालमा आलोचना हुन थालेपछि भारतको यो प्रतिक्रिया आएको हो। भारतीय विदेश मन्त्रालयका तर्फबाट प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा रहेकोमा कुनै शंका नरहेको बताएका हुन्। 

उनले अगष्ट ८ मा सीआईआईको एक कार्यक्रममा भारतीय विदेशमन्त्रीको तर्फबाट व्यक्त धारणामा बौद्ध सम्पदाहरुको बारेमा चर्चा भएको सन्दर्भ उल्लेख गर्दै बुद्धको जन्मस्थल नेपाल भएकोमा कुनै शंका नरहेको प्रष्ट पारेका हुन्। 

जयशंकरको भनाई सार्वजनिक भए लगत्तै परराष्ट्र मन्त्रालयले सो धारणाको खण्डन गर्दै कैयन प्रमाणहरुका आधारमा बुद्ध नेपालमै जन्मिएको प्रष्ट रहेको जनाएको थियो। नेपालका राजनीतिक दलका नेता तथा आमनागरिकहरुले पनि जयशंकरको धारणाको बिरोध गरेका थिए।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ