arrow

युरोपा लिग फाईनल: लिभरपुल र सेभिया उपाधिकालागि भिड्दै

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
Europa_League_Final.jpg.jpeg
एजेन्सी। युरोपा लिगको उपाधिकालागि ईङलिश क्लब लिभरपुल र स्पेनी क्लब सेभिया भिड्दैछन्। प्रिमियर लिगमा आठौं स्थानमा यो सिजन सकाएको लिभरपुल र ला लिगामा ७औं स्थानमा चित्त बुझाएको सेभिया बिचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
 
स्विजरल्याण्डको बासेलमा हुने फाईनलमा दुई टोली आमने सामने हुने भएका छन्। नेपाली समय अनुसार खेल बिहिबार बिहान १२:४५ मिनेटमा हुनेछ। 
 
सेभियाले ४ पटक युरोपाको उपाधि जितेको छ भने लिभरपुलले ३ पटक उपाधि हात पारेको छ। सेभियाले सन् २००६, २००७, २०१५ र २०१५ मा युरोपा जितेको हो भने लिभरपुलले १९७३, १९७६ र २००१ मा उापधि जितेको हो। 
 
लिभरपुलकालागि सन् २००५मा च्याम्पियन्स लिग जिते पछि कुनै पनि युरोपियन उपाधि जितेको छैन्। ११ बर्ष पछि उपाधि नजिक आईपुगेको लिभरपुलले सायद आफ्नो सबै जोर लगाउने छ। लिभरपुलका म्यानेजर जर्गेन क्लोपले आफ्नो टोली फाईनल खेल्न राम्रो स्थितीमा रहेको बताएका छन्।
 
सेभिया लगातार तेस्रो पल्ट उपाधि जित्ने दाउमा रहेको छ। ला-लिगामा बार्सिलोना, रिया मड्रिड, भिल्लारियाललाई आफ्नो घरेलु मैदानमा हराएको छ। च्याम्पियन्स लिगमा युभेन्टसलाई हराएको सेभिया लिभरपुललाई कडा चुनौती दिन सक्षम रहेको छ। 
 
ला-लिगामा साना टोलीहरुसँग हारेर सातौं स्थानमा चित्त भुझाएको सेभिया कमजोर छैन्। सेभियाका केविन गामेईरो ८ युरोपा लिग खेलमा ७ गोल गरेका छन्। उनलाई रोक्न लिभरपुलले राम्रै रणनीति बनाउनु पर्ने छ। 
 
दुवै टोली युरोपको प्रतियोगिता जितेर आफ्नो साख जोगाईराख्ने होडमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ