arrow

नवलपरासी प्रहरी निरन्तर अवैध मालसामान नियन्त्रणमा सक्रिय, फेरि समात्यो 

logo
रविन्द्र यादव, 
प्रकाशित २०७७ साउन २६ सोमबार
goods-arrest.jpg

नवलपरासी । नवलपरासी पश्चिम र जिल्लाको विभिन्न ठाउबाट २ लाख ८४ हजार २ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ । 

पाल्हिनन्दन गाउँपालिका वडा न २ भक्शिपुरबाट आइतबार बिहान सीमा प्रहरी चौकी महेशपुरले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउँदै गरेको साडी, कुर्ता ,सुलवार लगायत विभिन्न किसिमको कपडा ,मोटरसाइकल तथा साईकलको पार्टपुर्जा करिब १ लाख ९ हजार ७ सय मुल्य बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।

त्यसैगरी भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको यु पी ५६ यस २९७१ नम्बरको भारतिय मोटरसाइकलमा राखी ल्याउदै गरेको बनारसी साडी १८ थान ,महिलाले घाटीमा लगाउने माला र सिन्दुरको डब्बा ५०-५० दर्जन प्रहरी चौकी सनईको टोलीले रामग्राम नगरपालिका वाड न।९ पिपरवाबाट मोटरसाइकल सहित नियन्त्रण गरेको छ ।

उक्त नियन्त्रण गरिएको मालसामान मोटरसाइकलमा राखेर लैजाँदै गर्दा प्रहरीलाई देखेपछि मोटरसाइकल सहित सामान फालेर भागेका थिए । नियन्त्रण गरिएको मोटरसाइकल र समानको मुल्य १ लाख ७४ हजार ५ सय बराबरको रहेको छ ।

उक्त मालसामान र मोटरसाइकल आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ