arrow

एक महिनाको विजुलीको बिल ४० हजार आएपछि आत्महत्या 

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
fire-final.jpeg

काठमाडौं । भारतको महाराष्ट्रस्थित नागपुरमा एक व्यक्तिले बिजुलीको एक महिनाको बिल ४० हजार भारु आएपछि आत्महत्या गरेका छन् । 

५७ वर्षीय उनले आफ्नो घरको बिजुलीको बिलले गर्दा तनावमा आएका उनलाई गहिरो चोट पुगेपछि आत्महत्या गरेका हुन् । 

पुलिसका अनुसार पीडित परिवारले बिजुलीको बिल बढाएर पठाइएपछि त्यो पीडा सहन नसकेर उनले आत्महत्या गरेको आरोप लगाए  । 

नागपुर सहरको यो घटना शनिबार दिउँसो भएको हो । समाचार एजेन्सी पीटीआइका अनुसार बिजुलीको बिल सहन गर्न नसक्ने गरी आएपछि लीलाधर लक्ष्मण गैधानेलाई गहिरो चोट पुग्यो । 

त्यही बिलका कारण उनले धेरै नै नशा पिउन थालेका थिए । उनले मट्टितेल छर्केर आगोले जलाएर आफूलाई मारेका हुन् । परिवारले अस्पताल लगे पनि उनलाई कसैले बचाउन सकेन । 

पुलिसले दुर्घटनावश मृत्युको घटना दर्ता गरेको छ । अहिलेसम्म लीलाधरको घरमा कुनै पनि आत्महत्याको नोट फेला पारेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ