arrow

'सीरियल स्कर्ट चेजर' रणबीरलाई बलात्कारी, दीपिकालाई साइको र बोक्सी भन्दैनन् : कंगना रनौत

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
kangana-ranauts-ranbir-kapoor-deepika.jpg

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सथै विवादमा तानिन्छिन् । अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि उनी लगातार बलिउड सेलिब्रेटीहरूलाई लक्षित गर्दै निशाना साधि रहेकी छन् । हालै उनले अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोणमाथि निशाना बनएकी छन्। 

कंगना रनौतले रणबीर कपूर र दीपिका पादुकोणबिरूद्ध कडा ट्वीट गरिन्। कंगनाले रणबीर कपूरलाई स्कर्ट चेन्जर मानवको रूपमा वर्णन गरेकी छन् भने दीपिका पादुकोणलाई 'साइको' भनेकी छन्। कंगनाको सो ट्वीटको अहिले निकै चर्चा भइरहेको छ।

एक व्यक्तिको ट्वीटको जवाफमा, कंगना रनौतको टिमले लेखे, 'रणबीर कपूर एक सीरियल स्कर्ट चेजर हुन्, तर कसैले उनलाई बलात्कारी भनेका छैनन्, दीपिका मानसिक रोगीकी बिरामी हुन्, तर कसैले उनलाई साइको वा बोक्सी भन्दैनन्, यो उपनाम केवल सामन्य बाहिरी मानिसहरुका लागि आरक्षित छ जो सानो शहर र नम्र परिवारबाट आएका छन् । '

केहि दिन अघि कंगनाको एक बयानले सनसनी फैलाएको थियो। कंगनाले ट्वीटमा भनेकी थिइन -यदि म घरमा झुण्डिएको भेटिए भने बुझ्नु कि मैले आत्महत्या गरेको होइन।

हालसालै कंगना रनौतले सुषमा स्वराजको प्रथम वार्षिकोत्सवमा आयोजित राष्ट्रिय स्वयंसेवक संघको सहायक संस्था संस्कृत भारतीको कार्यक्रममा भाग लिएकी थिइन्। उनले यस कार्यक्रममा सुषमा स्वराजले हिन्दी फिल्म उद्योगलाई माफियाबाट स्वतन्त्र गराएकी बताएकि थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ