arrow

सिजीले एलजी नेपालको आधिकारीक वेवसाईट लन्च गर्‍यो

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
lgnepal-website.jpg

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाईटwww.lgnepal.com लन्च गरेको जनाएको छ। यो वेबसाईट मार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्ने बताइएको छ।

यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनिले दिने छुटको बारेमा जानकारी लिन सक्ने छन्। एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ। एलजीको उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईटबाट दर्ता र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकले उत्पादनको बारेमा बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र आफुलाई चाहिने एलजीका उत्पादनहरु बुक गर्न सक्ने छन्।  साथै वेबसाईटको मदतले एलजीका सबै उत्पादनहरु जस्तै एलईडिटिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसि., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा पूर्ण जानकारी पाउँन सकिने कम्पनीले जनाएको छ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ