arrow

बाँकेमा दुई चिकित्सकसहित १५ जनामा संक्रमण

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
covid-test-positive-corona.jpg

नेपालगन्ज । बाँकेमा सोमबार दुई जना चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलित स्वाब मध्ये २५ र ३४ वर्षीया २ जना महिला चिकित्सकमा कोरोना पुष्टि भएको छ । 

त्यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जबाट संकलित नमुनामा ६ जनामा कोरोना देखिएको छ । यसअघि आइतबार वडा प्रहरीका ३० जनालाई कोरोना पुष्टि भएको थियो ।

 धेरै दिनपछि सोमबार डुडुवामा पनि ३ जनामा कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कैलालीका २, बर्दिया, दाङ र सल्यानका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ । ३ सय ४० स्वाब परिक्षण गर्दा २० जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ