arrow

बाँदर धपाउन शेरबहादुरले पड्काए बन्दुक, घाँस काटिरहेकी जानकी छर्रा लागेर घाईते

logo
प्रकाश बम,
प्रकाशित २०७७ साउन २६ सोमबार
janaki2.jpg

डोटी । बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् ।

आईतबार बारीमा बाँदरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई आईतबारै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो । जहाँ उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ ।

घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुर र बन्दुक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रदेव मल्लले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ