arrow

सिजीका फ्यान र कुलरहरुको माग नेपाली बजारमा बढ्दो

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
cg-fan-air-cooler.jpg

काठमाडौं। सिजी इलेक्ट्रोनिक्स ब्राण्डले गर्मी मौसमलाई ध्यानमा राखि विभिन्न किसिमका आकर्षक एवं नयाँ मोडलका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएसगै काम बढेको जनाएको छ।

विभिन्न साईज र स्वरुपमा धेरै भन्दा धेरै प्रकारमा फ्यानहरु बजारमा ल्याएको बताएको छ । जसमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, रिजार्जयबल फ्यान, अल पर्पोज फ्यान, एक्जस्ट फ्यान, टेबल र वाल फ्यानहरु नेपाली बजारमा उपलब्ध रहेका छन्।

सिजीले अहिले सिलिङ फ्यानमा अकर्षक डिजाईन, धेरै टर्क मोटर र आरपिएम रहेको, फ्यान चलाउदा विभिन्न किसिमका कलरहरु फाल्ने जस्ता विशेषताहरु रहेका छन्। त्यस्तै स्ट्याण्ड फ्यानमा पाँच वटा सम्म ब्लेडहरु रहेको छ, जसको कारण धेरै भन्दा धेरै हावा प्रवाह गर्ने कम्पनीको दावी रहेको छ। ति फ्यानहरु रिमोटबाट चल्ने बताइएको छ। बत्ती गएको समयमा पनि चिसो हावा लिनको लागि सि.जी.ले चार्ज गरेर चलाउन मिल्ने रिर्चाजेयबल फ्यानहरु समेत बजारमा ल्याएको छ।

त्यस्तै अर्को नेपालकै कुलरहरुमा वाईडिएस रेन्ज बन्न सफल सिजीका कुलरहरु १४ प्रकारमा बजारमा ल्याएको छ।  कुलरका प्रकारहरुमा डेजर्ट, विन्डोज, टावर र पर्सनल जस्ता रहेका छन् । यी कुलरहरुमा प्रायः सबैमा रिमोट पनि उपलब्ध रहेको जनाएको छ । यसको मुख्य विशेषताहरु भनेको हनिकम प्याड, पावरपुल मोटर, आईस च्याम्बर, कार्बन फिल्टर, इनर्जी सेभिङ आदि रहेका छन्।

हेर्दा निकै नै आकर्षक भएको कारण यि कुलरहरुले कोठाको समेत सोभा बढाउने कम्पनीले बताएको छ। यस्ता यस्ता धेरै भन्दा धेरै विशेषताहरु भएकै कारण आज बजारमा सिजीको फ्यान र कुलरहरुको माग आकाशिएको कम्पनीको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ