arrow

हुवावे स्मार्टफोनका लागि चीपको संकट

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २६ सोमबार
huawei5.jpg

काठमाडौं। विश्वकै ठूलो स्मार्टफोन उत्पादनकर्ता हुवावे फोनका लागि चीपको अभाव हुने भएको छ। अमेरिकी प्रतिबन्धका कारण स्मार्टफोनको उत्पादनका लागि आवश्यक चीपको अभाव हुने कम्पनीले बताएको हो।

त्यस्तै कम्पनीको सीईओ रिचर्ड युले हुवावेले उत्पादन गर्दै आएको आफ्नै किरीन चीपको उत्पादन समेत कम्पनीले गर्न नसक्ने बताएको छ। अमेरिकी दोस्रो प्रतिबन्धका कारण चीप उत्पादनकर्ताहरुले मे १५ सम्ममा मात्रै चीप बनाउने अर्डर लिएका थिए। उक्त अर्डर अनुसार सेप्टेम्बर १५ बाट चीप उत्पादनको काम रोकिने छ, र यस्ले हुवावेलाई चीपको अभाव हुने सीईओ युले बताए।

सेप्टेम्बरमा रिलिज हुने हुवावेको मेट ४० मोबाइल नै किरीन चीप प्रयोग भएको अन्तिम फोन हुनसक्ने कम्पनीले जनाएको छ। हुवावेलाई चिनियाँ जासुसका रुपमा प्रयोग गर्न खोजिरहेको आशंकामा धेरै देशहरुले यसको विरोध गरिरहेका छन्। अमेरिकाले पनि त्यसकारण हुवावेमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

अब, कुनै पनि अमेरिकी कम्पनीले हुवावेलाई आफ्नो प्रविधि बेच्न पाउँने छैनन्। यदि प्रतिबन्ध पूर्ण पालना हुने हो भने एन्ड्रोइडको लाइसेन्स गुगलले समेत हुवावेलाई दिनेछैन् र हुवावेको मोबाइलबाट गुगलका एपसमेत बन्द हुनेछन्। यद्यपि प्रतिबन्धमा केहि फुकुवा हुने अमेरिकी प्रशासनको संकेत छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ