arrow

नयाँ स्वाद र बिशेषता सहित सोसियल इकमर्श प्लेटफर्म यूजी बजार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २६ सोमबार
ugbazaar.jpg

काठमाडौं । सन २०१२मा स्थापना भएको अनलाइन शपिङ यूजी (अर्बान गर्ल) बजार एप्लिकेसन (एप) र वेब प्लेटफर्मको रुपमा अपग्रेड भएको छ । गरगहनाको विक्री सुरु गर्दै स्थापना भएको यूजीले मेकअप, घर सजावट लगायतका सामानको अनलाईन कारोबार गर्दै आएको थियो ।

सन् २०१५ देखि केक समेत उत्पादन गर्दै अनलाइनमार्फत विक्री वितरणको सेवा दिँदै आएको इकसर्मले गत शुक्रबार ‘सोसियल इकमर्स’को लन्च गरेको थियो । अरु इकमर्स भन्दा भिन्न विशेषता भएकाले यसलाई इकमर्स मात्रै नभई ‘सोसियल इकमर्स भन्नु पर्ने बताउँछन् यसका सहसंस्थापक किरण तिम्सिना । उनका अनुसार यो नेपालकै पहिलो ‘सोसियल इकमर्स’ हो ।

किन सोसियल इकमर्स?
यस इकमर्समा केवल खरिद विक्री नभई समाजसँग समेत जोडिन सक्ने विशेषता रहेका कारण सोसियल इकमर्स भन्नु पर्ने बताउँछन् तिम्सिना । ‘यसबाट अनलाईन सामान किन्न मात्र होइन छुट्टै सामाजिक दुनियाँ महसुस गर्न सकिने भएकाले सोसियल इकमर्स हो’ उनी भन्छन् । उनका अनुसार यसका प्रयोगकर्ता एक अर्कासँग आपसमा जोडिन सक्ने भएकाले यसलाई सोसियल इकमर्स भनिएको हो । एकअर्कासँग जोड्नुका साथै एकअर्काको सामान खरिद गर्न सकिने विशेषता रहेका कारण सोसियल इमकर्स भनिएको कम्पनीको दावी छ। ‘यो प्लेटफर्ममा युजर–टु–युजर सम्पर्क हुन्छ’ तिम्सिनाले भने, ‘यहाँ एकअर्कालाई एड गर्न सकिन्छ । यसमा धेरै मोड्युल छन् त्यसमध्ये एउटा हो ई–कमर्स ।’

इकसर्मबाट सोसियल इकमर्स बनाउनको लागि हाल ७ वटा मोड्युल तयार पारिएका छन् ।

अक्सन अफर मोड्युलः यसमा प्रयोगकर्ताले केही वस्तु बिक्री गर्दा वस्तुको न्युनतम मूल्यसहित विक्रीमा राख्छन् । त्यसमा बोलकबोलबाट धेरै बोलि लगाउनेलाई बेच्ने गरिन्छ ।

एचआर मोड्युलः यो जब प्लेसमेन्ट सेवा हो । प्रयोगकर्ताले यसमार्फत आफ्नो व्यवसायको लागि कर्मचारीको खोजी, आवेदन, जाँच, सर्टलिस्टको प्रक्रिया पुरा गरेर कर्मचारी हायर गर्न सक्छन् ।

अटोमोबाइल मोड्युलः सवारी साधन खोज्न, बुकिङ गर्न, टेस्ट ड्राइभ गर्न र विशेषताका आधारमा दुई सवारीलाई तुलना गर्न सकिने कम्पनीले जनाएको छ ।

ईकमर्स मोड्युलः यसमा अन्य इकमर्स जस्तै आवश्यक वस्तु छानेर खरिद विक्री गर्न सकिन्छ ।

सोसियल कमर्स मोड्युलः प्रयोगकर्ताहरुले एक आपसमा जोड्न तथा जोडिन सक्नेछन् ।

क्विज एन्ड कन्टेस्ट मोड्युलः प्रयोगकर्ताले आफ्नै क्वीज एण्ड कन्टेस्ट राख्न सक्ने प्रयोगकर्ताहरुमध्येबाटै आवेदन पनि दिएर सहभागी हुने सक्नेछन् ।

टिकेट प्लेटफर्मः यसबाट विभिन्न कार्यक्रमहरुका आयोजकले अनलाइन टिकट विक्री गर्न सक्ने छन् ।

ग्राहकको घरमै वस्तु तथा सेवा पुर्‍याइदिने, अत्यावश्यक खाद्यान्न लगायत घर परिवारको लागि आवश्यक सामाग्री मागअनुसार यूजी बजारबाटै आपूर्ति गरिने कम्पनीले गरेको छ । 

यसबाहेक भविष्यमा बजारको माग अनुसार प्लेटफर्म विकसित गर्दै लैजाने र सेवा सेवा थप गर्दै योजनामा सोसियल इकमर्स कम्पनी यूजी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ