arrow

सेवा बन्द गरेर कार्यालयमै भीड आयोजना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २६ सोमबार
mantralaya-bhid-crowd.jpg

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै विभागबाट दिँदै आएका सेवा बन्द गरेको छ । विभागले सार्वजनिक गरेको सूचना अनुसार नयाँ प्राइभेट र साझेदारी फर्म दर्ताका कार्यहरु स्थगित गरेको छ । त्यस्तै अत्यावश्यक वस्तु आयात गर्ने बाहेक अन्य व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेडको इजाजत सम्बन्धि कार्यपनि विभागले स्थगित गरेको जनाएको छ । 

‘सेवाग्राहीको भीडभाडले गर्दा कार्यालयबाट नै कोभिड १९ संक्रमण सर्वसाधरणमा फैलन सक्ने जोखिम बढेको कारण स्थानीय प्रशासनले समेत निषेधाज्ञा र सेवाहरु कटौती गरिरहेको सन्दर्भमा यस विभागबाट प्रदान हुने उक्त सेवाहरु श्रावण २५ देखि भदौ ८ सम्मको लागि सेवाहरु स्थगित गरिएको’ सूचनामा उल्लेख गरिएको छ ।

विभागले जारी गरेको सूचनामा दैनिक २०-२० जनाको संख्यामा उपस्थित भएर प्राइभेट र साझेदारी फर्म नविकरण, संशोधन र खारेजीको सेवा दिइने उल्लेख छ । यसको अर्थ २० जनाभन्दा बढीको संख्यामा भीड गर्न पाइने छैन भन्ने नै हो । तर, विभागले सोमबारका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा भेला हुनेको संख्या देख्दा भने उक्त सूचनाको धज्जी उडाएको भान हुन्थ्यो । 

सोमबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा विभागको हल खचाखच भरिएको थियो । विभागले आफैंले जारी गरेको सूचनाको प्रवाह नगरी व्यवसायी र पत्रकारहरुलाई एकैसाथ बोलाउँदा त्यहाँ ठुलो भीडभाड देखिन्थ्यो । खासै भौतिक दूरी मेन्टेन गरेको देखिदैन्थ्यो । जबकी यसअघि लकडाउन सुरु हुनुभन्दा अघि नै सरकारले २५ जना भन्दा बढी उपस्थिति हुन नपाउने घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ