arrow

बग्दादमा शृखलाबद्ध बम विस्फोट ६९ को मृत्यु, दर्जनौँ घाइते

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
bagdhad.jpg.jpeg
बग्दाद । इराकको राजधानी बग्दाद र छिमेकी इलाकहरुमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ । 
 
चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । मङ्गलबार अपराह्न सो विस्फोटहरु भएको थियो । 
 
सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) लडाकू समूहले आफ्नो बेभसाइटमार्फत जिम्मा लिएको छ । मारिनेहरुमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ । 
 
राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेका जनाइएको छ । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको थियो । इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ । 
 
इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । इराकको राजधानी सहर बग्दाद र वरपरका सहरहरुमा गत हप्ता भएको आतङ्ककारी आक्रमणहरुमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ । 
 
गत शनिबार भएको ट्रकबम विस्फोटमा परी २४ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३८ जना गम्भीर रूपमा घाइते भएका थिए । 
 
सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ