arrow

बाँकेमा फेरि २६ जना संक्रमित थपिए, निषेधाज्ञा लम्बिने निश्चित

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन २७ मंगलबार
banke1.jpg

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितहरु बढदै जाँदा अवस्था भयावह बन्दै गएको छ। दिनहुँ कोरोना संक्रमित थपिदै गएपछि बाँकेबासीमा त्रास फैलिदै गएको छ। 

मंगलबार बिहानसम्म २६ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा विहान ११ बजेसम्म गरिएको पिसिआर परिक्षणबाट बाँकेका २६ जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । ४ सय ५ जना निको हुँदा ३ जनाको मृत्यु भएको छ । बाँकेमा समुदायमा कोरोना फैलिएपछि प्रशासनले कडाई गरेको छ। 

जिल्ला प्रशासन कार्यालय बाँके मंगलबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि फेरि निषेधाज्ञा थपिने निश्चित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ