arrow

नाक हेरेरै पत्ता लगाउनुहोस् केटा मान्छेको स्वभाव  

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
salman-nose.jpg

काठमाडौं । हात तथा चिनासँगै अब पुरुषको नाकको बनावटको आधारमा पनि केटा मान्छेहरुको स्वभावको बारेमा पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्रले भविष्यवाणी गर्ने सामुद्रिक शास्त्रमा पुरुषको नाकको आकारको व्याख्या गरिएको छ । भनिन्छ जुन पुरुषको नाकको अगाडिको भाग टेढो छ । उसलाई पैसाको समस्या कहिलैपनि हुँदैन । उसले सहजै र सुखपूर्वक नै आफ्नो जीवन चलाउन सक्छ । 

सामुन्द्रिक शास्त्रका अनुसार जुन पुरुषको नाक सुगाको चुच्चो जस्तो हुन्छ ? त्यस्तो पुरुष जीवनमा हरेक प्रकारको सुख र समृद्धि भोग्ने मन भएको हुन्छ । उसको जीवनमा उसको चाहाना अनुसारको समृद्धि पनि हुन्छ र दुख कम हुन्छ । शास्त्रमा भनिएको छ जुन मानिसको नाक सुरुदेखि अन्तिमसम्म एउटै प्रकारको रहेको हुन्छ । तथा उसको नाक केही छोटो हुन्छ । त्यस्ता मानिस धेरै बुद्धिमान र अरुको लागि प्रेरणाको स्रोत बन्ने गर्छन् । छोटो नाक भएका मानिसहरु धार्मिक प्रवृत्तिवाला हुन्छ । 

जसको नाक लामो र तलसम्म झुकेका हुन्छन् । त्यस्ता मान्छेहरु अरुको कुरा नसुन्ने र आफ्नो मात्रै कुरा सुन्ने गर्दछन्। जसले जे भनेर सम्झाओस् उनीहरुलाई केही फरक पर्दैन । 

कुनै केटाको नाकको टुप्पो केही फराकिलो बनेको छ भने त्यो केटा आफूमाथि आएका समस्यालाई नयाँ तरिकाबाट समाधान गर्ने प्रयास गर्ने स्वभावको हुन्छ । यिनीहरुको भित्र गजबको जिज्ञाशा हुन्छ । सामुद्रिक शास्त्रका अनुसार, लामो नाक भएका मानिसलाई कसैले पनि आफ्नो बसमा दबाएर राख्न मुस्किल हुने गर्दछ । ती मान्छेसँग केही काम लिनु छ भने त्यो मान्छेको प्राथमिकतामा अर्काे मान्छे पर्नु जरुरी हुन्छ । अन्यथा ती मानिसहरु आफू सधैं स्वतन्त्र जीवन जिउनुमा विश्वास राख्छन् । 

कुनै केटाको लहरदार नाक छ भने त्यो केटा सधैंभरी हाँसिमजाक मात्रै गर्ने र उत्साही स्वभावका हुन्छन् । यस्ता मानिसहरु एकदमै कम मात्रै हुने गरेका छन् । यस्तो नाक भएका मानिससँग धेरैको मित्रता पनि जोडिएको हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ