arrow

शान्तिवार्ता स्थगित नगर्न कुवेतका अमिरको आग्रह

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
AMIR_2586094b.jpg.jpeg
कुवेत सिटी । कुवेतका अमिरले यमन सरकार र सो देशमा विद्रोह गरिरहेका विद्रोहीलाई वार्ता स्थगित नगर्न आग्रह गरेका छन् । 
 
यी दुई पक्षबीचको शान्तिवार्ताको आयोजना सो देशले गरेको हो । आफ्नो देशमा भइरहेको सो वार्ता स्थगित हुन लागेकोप्रति ध्यानाकर्षण भएको भन्दै वार्ता नरोक्न उनको यो आग्रह आएको हो । 
 
यमनको सरकारका प्रतिनिधि र सो देशमा विद्रोह गरिरहेका पक्षहरूको वार्ता स्थगित भएको समाचार मङ्गलबार मात्र आएको थियो । सो समाचारपछि उनको यो प्रतिक्रिया आएको हो । 
 
गएको महिनादेखि सो देशमा यी दुई पक्षबीच जारी रहेको भनिएको सो वार्ता यमनको सरकारले एकपक्षीय रूपमा स्थगित गरेको मङ्गलबार जानकारी गराइएको समाचारमा जनाइएको छ । यसअघि पनि सरकारले वार्ताको औचित्य नभएको भनी वार्तामा बस्न नमानेपछि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिको विशेष पहलमा वार्ता भएको थियो । 
 
तर मङ्गलबार भने यमनी सरकारका प्रतिनिधिले वार्तामा राष्ट्रसङ्घको खासै पहल नभएको आरोप सरकारी प्रतिनिधिले लगाएका छन् । कुवेतका अमिर सेख सबाह अल अहमद सबाहले शान्तिवार्ता स्थगित नगर्न र वार्ताकै माध्यमबाट सबै समस्याको समाधानका लागि सबै तयार हुन आग्रह गरेका छन् । 
 
यमनी विदेशमन्त्री अब्दुल्लामिक अल मिखल्फीले वार्ताको कुनै औचित्य नरहेको भन्दै मङ्गलबारदेखि सरकारका प्रतिनिधिहरु वार्तामा नबस्ने जानकारी दिएका थिए । 
 
सरकारी वार्ता समितिको प्रतिनिधत्व गर्नुभएका विदशेमन्त्री मिखल्फिले आफ्नो तर्फबाट सरकारले वार्ता नगर्ने भन्दै अबका दिनमा संयुक्त राष्ट्रसङ्घले पनि विद्रोही हुथीहरूलाई शक्ति सञ्चय गर्ने अवसर मात्र नदिन भनेको थियो। 
 
यमनका लागि राष्ट्रसङ्घीय विशेषदूत इस्लामी आउल्ड चेइख अहमदले वार्ताका लागि करिब दुई महिना अघिदेखि युद्धविराम जारी रहेको र त्यसका कारण वातावरण निर्माण भइरहेको हालै बताएका थिए । 
 
यमन सरकारको यो धारणापछि भने संयुक्त राष्ट्रसङ्घका तर्फबाट केही आएको छैन । वार्ताका लागि आवश्यक सबै पक्षलाई संयमता अपनाउन भने उनले आग्रह गर्दै आएका छन् । 
 
यमनमा सरकार र विद्रोही शान्तिवार्ताका लागि तयार भएर गएको अप्रिल महिनाको १० तारिखदेखि त्यहाँका विद्रोही युद्धविराम गर्न तयार भएका थिए । यो वार्ताका लागि साउदी अरेबिया सरकारले प्रयत्न गरेको थियो र संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले विशेष अगुवाइ गरिरहेका छन् । 
 
यसअघि वार्ताका लागि केही तयारी भएका थिए । उनीहरूले आफ्नो पहिलो कामका रूपमा दुवै पक्षबाट बन्दी बनाइएका व्यक्तिहरूको सूची आदानप्रदान गर्ने र उनीहरूलाई रिहा गर्ने सहमति भएको दुवै पक्षका सुरक्षा अधिकारीले बताएका थिए । 
 
बन्दी रिहाइको प्रारम्भिक कार्यको शुभारम्भ भइसकेको बताइएको थियो । यसअघिको वार्तामा दुवै पक्षका बन्दी रिहाइका लागि सहमति भएको थियो । साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१४ को सेप्टेम्बरदेखि विद्रोहीको कब्जामा रहेको यमनी राजधानी सानालाई फिर्ता लिएको थियो । 
 
गतवर्षको मार्च महिनादेखि यमनमा हिंसा भड्किएको थियो । सो हिंसामा परी कम्तीमा पनि छ हजार ४०० नागरिकको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घले यस हिंसाका कारण यमनका करिब ३० लाख नागरिक विस्थापित हुन पुगेको जनाएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ