arrow

लगानी बोर्डको सीईओ भट्टलाई कामकाजमा नगर्न अदालतको रोक,३२ गते बोलायो छलफलमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २७ मंगलबार
sushil-bhatta.jpg

काठमाडौं। लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल भट्टलाई आगामी साउन ३२ गतेसम्म कामकाज गर्न अदालतले रोक लगाएको छ ।

सिइओ भट्ट नियुक्त हुँदा उनको योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले उनको नियुक्ती विरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रीटमा प्रारम्भिक सुनुवाई गर्दै पाटन उच्च अदालतले साउन ३२ गतेसम्मका लागि काम गर्न रोक लगाएको हो। 

रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका मूख्य न्यायधिश नहकुल सुवेदीको इजलासले आगामी ३२ साउन सम्म कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘दुवै पक्षलाई छलफलमा बोलाउने र उक्त समयसम्म कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश भएको छ’ उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीले हाम्राकुरासँग भने । उनका अनुसार आगामी ३२ गते दुवै पक्षलाई छलफलका लागि उच्च अदालत पाटनमा बोलाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ