arrow

घुस दिन खोज्ने चालकलाई बलेरो गाडीसहित नियन्त्रणमा, हबल्दार ओमनारायण पुरस्कृत 

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
nepal-police.jpeg

सिन्धुली । काममा खटिएका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस दिन खोज्ने व्यक्तिलाई घुसवापतको रकमसहित पक्राउ गरी कानूनबमोजिम कारवाहीको दायरामा ल्याउने एक प्रहरी कर्मचारीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले हालै पुरस्कृत गरेको छ । 

आर्थिक प्रलोभनमा नपरी आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।  

अस्थायी ट्राफिक प्रहरीचौकी भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई पुरस्कृत गरिएको सूचना समन्वय अधिकृत थापाले जानकारी दिए ।

आफूलाई बिलबुकभित्र रु ३०० राखी  आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुसवापतको रकम र बलेरो गाडी चालकसमेतलाई नियन्त्रणमा लिई कारवाहीका लागि बुझाउने प्रहरी हवल्दारलाई पुरस्कृत गरिएको उनले जानकारी दिए । 

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरीएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ