arrow

फोर्ब्समा छापिएका काश्मिरकै पहिलो अभिनेता आयान, बलिउडमा स्थापित हुँदै

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
ayaan-khan-actor-kasmir.jpg

काठमाडौं। बलिउड फिल्म इन्डस्ट्रीमा उदाउन लागेका कश्मिरकै पहिला अभिनेता आयान खान फोर्ब्स म्यागाजिनमा छाएका छन्। फोर्ब्स इन्डिया म्यागेजिनमा छापिने कश्मिरका पहिलो व्यक्ति खान निकै संघर्षपछि बलिउड उद्योगमा स्थापित हुन लागेका छन्। श्रीनगरमा जन्मेका अभिनेता खानले ग्रिन भ्याली इजुकेशनल इन्स्ट्च्युट कश्मिरबाट स्नातक गरेका थिए। सानै उमेरबाट अभिनेता बन्ने सपना बोकेका अयानले आफ्नो सपनालाई कहिलै नबिर्सेको बताउँछन्। जीवनका निकै कठिन मोडमा पनि अभिनेता बन्ने सपनालाई नत्यागेको उनले बताए।

“मेरो सपना भनेकै बलिउड एक्टर बन्ने थियो, त्यसका लागि म मुम्बई गए र त्यहाँ अभिनय सम्बन्धी कोर्स गरे। यो निकै मुश्किलको समय थियो तर मेरो परिवारको पूर्ण साथ थियो।” उनले भनेका छन्।

“मलाई समाजसेवा गर्ने ठूलो धोको छ। फोर्ब्सले मेरो भित्रि इच्छालाई बुझिदिएर मलाई कान्छो समाजसेवीको उपाधि दिएको छ। र अर्को खुसी यसमा लागेको छ की कश्मिरबाट पहिलो पटक कुनै मानिस यति ठूलो म्यागाजिनमा छापिएका छन्। ” अभिनेता आयानले भने। उनले आफु बलिउडमा स्थापित हुने र कश्मिरका लागि केही गर्ने सपना रहेको बताएका छन्। मेगास्टार साहरुख खानबाट प्रेरित आयान बलिउडमा चाँडै स्थापित हुँदैछन्।

उनले विभिन्न प्रोजेक्टमा काम गर्न सम्झौता गरेको तर कोरोना भाइरसको महामारीका कारण ढिलाइ हुनगएको बताएका छन्। छिट्टै नै मुम्बईको मिस्टी सिनेमाबाट बलिउडको पर्दामा देखिन लागेका आयानले थ्रिलर मुभीमा काम गरेका छन्। उक्त मुभीको गीत जी म्युजिक या टी सिरिजबाट समेत रिलिज हुने भएका छन्। अयानले युवाहरुलाई भनेका छन्, “अरुले के भन्छ भनेर नसोच्नुहोस् तपाइलाई जे गर्ने इच्छा छ त्यसलाई पछ्याउनुहोस् र अवश्य सफल हुनुहुनेछ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ