arrow

यी टिप्स अपनाएर जो कोही पनि बन्न सक्छ सफल व्यक्ति

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
self-confidence-sun.jpg

काठमाडौं । हामी जीवनमा यस्ता मानिसहरु पनि देख्छौं जो सधैंभरी उदास मात्रै देखिन्छन् । कोही मानिसहरु आफ्नो समस्या लुकाउनको लागि रुने पनि गर्दछन्। कोही मानिस यस्ता हुन्छन् आफ्नो आत्मविश्वासका कारण अरुलाई पनि आत्म विश्वासी बन्न दिने गरेका छैनन् । केही मानिसहरु यस्तो हुन्छन् जो आफू केही पनि काम गर्दैनन् र एउटा सानो काम सम्पन्न भयो भने आकाशै खसेको जस्तो व्यवहार गर्छन् । त्यस्ता मानिसहरु लगभग आफ्नो विश्वास आफैंले गर्ने गरेका छैनन् । 

कुनै व्यक्ति यस्ता पनि हुन्छन् जो सधैंभरी आनन्दित भएर बस्ने गर्छन् । कुनै कामको जिम्मेवारी आयो भने त्यसलाई विचलित नभई फत्ते गर्ने स्वभाव उनीहरुमा देखिन्छ । यस्ता मानिसहरुमा आलस्य भन्ने चिज नै हुँदैन । आलस्यता आत्मविश्वासको सबैभन्दा ठूलो दुस्मन हो । 

यहाँ हामीले आत्मविश्वास बढाउने १० उपाय उल्लेख गरेका छौं जसले जो कोहीलाई पनि सफल व्यक्ति बनाउन सहयोग बन्नेछ । 

शास्त्रमा भनिएको छ कि हामी जस्तो सोच्छौं उस्तै बन्दछौं । हाम्रो सोचले हाम्रो व्यक्तित्व झल्काउँछ । यदि तपाईको सोच गलत भयो भने तपाई कुनैपनि काम ठीकसँग गर्न सक्नुहुन्न । एउटा समान्य अवरोधमा पनि तपाईँलाई रिस उठ्ने विषय बन्दछ र यसले तपाईको आत्मविश्वास घट्न थाल्छ । 

त्यस्तै, यदी तपार्इ आफ्नो सोच सकारात्मक हुन्छ भने तपाई जस्ता सुकै कठिनाईबाट पनि मुक्ति पाउनुपर्छ । जसमा काम पूरा हुँदा तपाईमा आत्मविश्वास बढ्न जान्छ र तपाईँको आत्मविश्वास बढ्न जान्छ । त्यसैले आफ्नो सोचलाई सकारात्मक रुपमा लिनु पर्छ । 

जब हामी कसैसँग कुरा गर्छौं तब हामी पर्याप्त जानकारीको अभावमा हामी बीचैमा चुप लाग्नुपर्ने समस्या परिरहेको हुनसक्छ । यसले हाम्रो आत्मविश्वास कम गराउने गरेको छ । यदि हाम्रो ज्ञानको दायरा बढ्छ भने हामी दोस्रो व्यक्तिसँग विश्वासका साथ कुरा गर्न सकिन्छ । यसका कारण आफ्नो वरिपरी रहेका सबैखालको साना ठूला विषयबारे जानकारी राख्नु आवश्यक हुन्छ । हाम्रो देश तथा विदेशमा भएका साना ठूला घटनाबारे पनि जानकारी राख्दै गर्नुपर्छ । यसको लागि अलगअलग किसिमको किताव पढ्ने पत्रिका पढ्ने जस्ता कामहरुमा सक्रिय हुनुपर्छ । 

यसबाहेक प्रतिभा, आफूले गरेको गल्तिबाट सिक्नु, पोशाकमा स्तरीयता, आफैंले आफैंलाई थपथपाउनु, आफैंले आफैंलाई अरुको भन्दा कम नसम्झिनु पनि आत्मविश्वास बढाउने मुख्य कारण हो । आफ्नो सधैंभरी असल साथीको सर्कल बनाउनु, आफैंलाई फिट राख्नु र दोस्रोको सधैंभरी मद्दत गर्नु पनि आत्म विश्वास बढाउने अचूक सूत्र हो । 

तपाईमा कुनै न कुनै प्रतिभा हुनसक्छ । प्रतिभा जस्तो सुकै हुनसक्छ गाउने नाच्ने जस्तो सुकै भएपनि एउटा क्षेत्रमा तपाईको प्रतिभा उल्लेख्य छ भने यसले तपाईमा आत्मविश्वास बढाउन सक्छ । त्यस्तै, आफूले एक पटक गरेको गल्ती सिकेर तपाईँले काम गर्नुभयो भने यसबाट तपाईमा नयाँ जाँगर र आत्मविश्वास मिल्छ जसले काम सफल बनाउन सहयोग गर्दछ । 

त्यस्तै, तपाईँको लवाईले पनि तपाईलाई कत्तिको आत्मविश्वासी बनाउने भन्ने विषय निर्देशित गर्दछ । समाज अनुसारको लवाई लगाउनु भएको छैन भने तपाईको ध्यान त्यही कपडा तर्फ हुन्छ र तपाईमा आत्मविश्वास कम भएर आउँछ । अर्काेतर्फ तपाईँले आफूले गरेको सानातिना प्रगतिमा पनि अरुले केही नभने पनि आफैंले आफैंलाई भनेपनि स्याबासी दिनुहोस् । यसले तपाईँमा आफूले आफैंलाई विश्वास गर्न सक्नुहुन्छ । 

यससँगै आफैंले आफैंलाई अरुको भन्दा कम नसम्झिनु पनि आत्मविश्वास बढाउने मुख्य कारण हो । आफ्नो सधैंभरी असल साथीको सर्कल बनाउनु, आफैंलाई फिट राख्नु र दोस्रोको सधैंभरी मद्दत गर्ने मान्छेमा आत्मविश्वासको कमि हुने छैन । जसले जो सुकैलाई पनि सफलताको शिखरमा पुर्याउन सक्ने देखिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ