arrow

आईपीएल क्रिकेट: कोहली र गेलको बलर अत्याउने ब्याटिङले बैंगलोर बिजयी

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
IPL_Virat.jpg.jpeg
काठमाडौं। बर्षाले प्रभावित खेलमा विराट कोहली र क्रिस गेलको बिष्फोटक ब्याटिङले बैंगलोरले पञ्जाबलाई ८२ रनले पराजित गरेको छ। 
 
पानी परे पछि १५ ओभरमा छोट्याईएको खेलमा पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले ३ विकेटको क्षतिमा २११ रन बनाएको थियो। बिशाल स्कोर बनाउने क्रममा विराट कोहलीले ५० बलमा ८ छक्का र १२ चौकाको मदतले ११३ रन बनाएका थिए। त्यसैगरि क्रिस गेलले ३२ बलमा ८ छक्का र ४ चौकाको मदतले ७३ रनको योगदान गरेका थिए। 
 
दुई ब्याट्सम्यानले पञ्जाबका बलरहरुलाई अत्याउने काम गरेका थिए। टि-२० क्रिकेटमा विश्वभर बिस्फोटक ब्याट्सम्यान भनेर कहलिएका कोहली र गेलले पाँच जना बलरकै ओभरमा उस्तै किसिमले रन बटुलेका थिए। 
 
सबैभन्दा राम्रो बलिङ गरेका सन्दिप शर्माले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए।केसी करिप्पाले ३ ओभरमा बिना कुनै विकेट ५५ रन खर्चेका थिए। बलरहरुको दुस्वप्न हुन पुगेको खेलमा । बैंगलोरका लरहरुले भने केहि राम्रो बलिङ गरेका थिए्। 
 
पञ्जाबले लक्षय पच्छ्याउने क्रममा १४ ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। १५ ओभरको खेल शुरु भएपछि पुन: पानी पर्नाले खेल १ ओभर फेरि छोट्याईएको थियो। पञजाबका ऋद्दीमान शाहले २४ रन बनाएका थिए भने गुरकिरात सिंहले १८ रनको योगदान गरेका थिए। 
 
बैंगलोरका युजभेन्द्र चहलले ४ विकेट लिएका थिए भने वाट्सनले २ विकेट हात पारेका थिए। खेलका प्लेयर अफ म्ञाच विराट कोहली घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ