arrow

युरोपा लिग फाईनल: सेभियाका सामु कमजोर लिभरपुल

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Europa-League-Final-Liverpo.jpg.jpeg
काठमाडौं। सेभियाले लगातार तेस्रो बर्ष युरोपा लिगको उपाधि जितेको छ। फाईनलमा लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि हात पारेको हो। राम्रो शुरुवात गरेको लिभरपुल सेभियाका सामु निरिह देखिएको थियो। 
 
खेलको ३५औं मिनेटमा ड्यानियल स्टरिजले लिभरपुललाई अग्रता दिलाएका थिए। ४६औं मिनेटमा केविन गामिएरोले सेभियाकालगि गोल गर्दै खेल १-१को स्थितीमा पुर्‍याएका थिए। 
 
सेभियाका कोकले ६४औं र ७०औं मिनेटमा गोल गर्दै केल ३-१को स्थितीमा पुर्‍याएका थिए। उक्त स्कोर नै सेभियालाई उपाधि जिताउन लायक रहेको थियो। 
 
राम्रो शुरुवात गरेको लिभरपुलले अग्रता जोगाउन नसक्नुमा म्यानेजर जर्ग क्लोपले सबै जिम्मा आफुले लिने बताएका छन्। लिभरपुलले खेलमा पकड राखे पनि केहि गल्तिहरु गर्नाले खेल हातबाट गुमाएको थियो। रक्षात्मक पंक्तिका खेलाडीहरुको केहि गल्तीले गोल खान पुगेको लिभरपुलले यो उपाधि जित्ने अनुमान गरिएको थियो। 
 
सेभियाले ५ पटक युरोपाको उपाधि जितेको छ भने लिभरपुलले ३ पटक उपाधि हात पारेको छ। सेभियाले सन् २००६, २००७, २०१४ ,२०१५ र २०१६ मा युरोपा जितेको हो भने लिभरपुलले १९७३, १९७६ र २००१ मा उापधि जितेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ