arrow

अफगान सरकार र तालिवानसँगको वार्ताका लागि पाकिस्तानद्वारा बैठक आयोजना

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
0D8718C0-9E09-4344-80B2-3D15BC282323_w640_r1_s.jpg.jpeg
इस्लामावाद। पाकिस्तानले अफगानिस्तान सरकार र तालिवानसँगको वार्ताका लागि बैठकको आयोजना गरेको छ । 
 
पाकिस्तानले यसअघि अवरुद्ध हुन पुगेको भनिएको सो शान्तिवार्ताको पुनःस्थापनाका लागि पहलस्वरूप चार देशको बैठक आयोजना गरेको हो । 
 
सो प्रयोजनका लागि पाकिस्तानले अफगानिस्तान, संयुक्त राज्य अमेरिका, चीन र पाकिस्तानबीच सो बैठकको आयोजना गरेको हो । 
 
अफगानिस्तानको सरकारले हालैमात्र अफगानिस्तानको तालिवानसँग सम्बन्धित रहेको आशङ्का गरिएका चार वटा विभिन्न लडाकूलाई झुण्डाइएको केही दिनपछि यो बैठकको आयोजना भएको छ । 
 
यो चार देशको समूह गएको जनवरीमा गठन गरिएको थियो । उक्त समूहले अफगानिस्तानमा रहेका तालिवान विद्रोही र सरकारका बीचमा प्रत्यक्ष शान्तिवार्ता गराउने उद्देश्य राखेको छ । 
 
यी चारै देशको बैठक बुधबार पाकिस्तानी राजधानी सहर इस्लामावादमा भएको थियो । सो बैठकका क्रममा पाकिस्तानी पक्षले वार्ताका लागि पहल गर्न आग्रह गरेको थियो । 
 
चारै देशका उच्च कूटनीतिज्ञहरूको सहभागिता रहेको सो बैठकमा आगामी केही समयमै यी दुवै पक्षबीचको वार्ताका लागि पहल गरिने प्रतिबद्धता व्यक्त भएको थियो । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ