arrow

आज दुई पटक छ शुभबेला, यस्तो छ समग्रमा दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ साउन २९ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ श्रावण २९ गते बिहीबार, इस्वीसंवत अगष्ट १३ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । 

चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको दशमी तिथि रहनेछ । आज रोहिणी नक्षत्र, विष्कुम्भादि योगमा ध्रुव, करणमा वणिज, आनन्दादि योगमा उत्पात रहनेछ । 

सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३४ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४२ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज समय खराब छ । परिश्रम गरे अनुसार प्रतिफल प्राप्त नहुँने हुनाले काम गर्न मन लाग्ने छैन । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँने छैन । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाईसँग मनमुटाव बढ्नेछ भने स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउन सक्छ खानपानमा ध्यान लिनुहोला ।

वृषः आज समय शुभ छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवाको सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्य आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अघि बढ्दा राम्रो हुनेछ । 

मिथुनः आज समय खराब छ । वृष राशिको चन्द्रमाको प्रभावले व्यापार व्यावसायमा प्रसस्त समय दिए पनि आम्दानी थोरै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ किनकि समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई पनि तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा अबिश्वास बढ्नेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउने देखिएको छ ।

कर्कटः आज समय शुभ छ । अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रवाह गर्नेलाई रिजाए महत्वपूर्ण काम लिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय पनि रहेको छ ।

सिंहः आज समय समान्य छ । लाभ हानी दुवै बराबर हुने समय छ । त्यसैले आज नयाँ कार्यको थालनी, महत्वपूर्ण निर्ण गर्नुहोला । कामहरु स्वतस्फुर्त रुपमा अघि बढ्नेछन् । व्यापार व्यावासाय सामान्य फस्टाएर जाने देखिन्छ । वृष राशिमा चन्द्रमाको प्रभावले आज विशेषगरी राजनीतिज्ञ तथा समाजसेवीहरूका लागि समय शुभ रहेको छ । आज उत्तर दिशाको यात्रामा नजानुहोला । 

कन्याः आज पनि समय राम्रो छैन । परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।

तुलाः आज स्वास्थ्य राम्रो रहनेछैन । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । 

वृश्चिकः लागि आज पनि समय शुभ छ । आफन्त तथा आमाबाट काममा सहयोग पाईने हँुदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा पद प्राप्तिको योग रहेकोछ । अध्ययन तथा अध्यापनमा विगतमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा देखिएका तित्तताहरूरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

धनुः आज समय राम्रो छ । बोलीको प्रभाब बढ्नुका साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरू हुनेछन् । समाज तथा छिमेकी तपाईको प्रतिष्ठित काम देखेर खुशी हुनेछन् । गीत, संगीत तथा कला, साहित्यमा समय लगानी गर्नेहरूका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ ।

मकरः आज पनि स्वास्थ्य राम्रो रहनेछैन । अवसरवादीले फँसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला किनकि आज तपाईको खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । नीतिनिर्माण तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपरे पनि विपक्षीहरूबाट तीब्र आलोचना हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।

कुम्भः आज स्वास्थ्य भरपर्दो रहनेछैछ । समय पनि खराब छ । दाजुभाई तथा छिमेकीसँग आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । छोटो दुरीको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि भने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिँदा प्रतिस्पर्धीहरु हावि हुनेछन् ।

मीनः समय शुभ छ । शिक्षित तथा बौद्धिक ब्याक्तित्वसँग आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा भनेजस्तै, सोचेजस्तै नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनीको माध्यामबाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने हुँदा समस्याहरू स्वतः हटेर जानेछन् ।

साइतः आज वृष राशिमा चन्द्रमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार हो, दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः३४ बजेदेखि         ७ः०४ बजेसम्म        शुभ बेला
बिहान ७ः०४ बजेदेखि         ८ः३४ बजेसम्म        रोग बेला
बिहान ८ः३४ बजेदेखि         १०ः०४ बजेसम्म        उद्धेग बेला
बिहान १०ः०४ बजेदेखि        ११ः३४ बजेसम्म        चर बेला
बिहान ११ः३४ बजेदेखि        १ः०४ बजेसम्म        लाभ बेला
दिनमा १ः०४ बजेदेखि        २ः३४ बजेसम्म        अमृत बेला
दिउँसो २ः३४ बजेदेखि        ४ः०४ बजेसम्म        काल बेला
दिउँसो ४ः०४ बजेदेखि        ५ः३४ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ