arrow

नेम्बाङको सम्झनामा स्रष्टा सम्मान पुरस्कार स्थापना 

logo
मुनिन्द्र नेम्वाङ, 
प्रकाशित २०७७ साउन २९ बिहिबार
amar-nemwang-samman.jpg

पाँचथर । फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका अभियन्ता स्वर्गीय अमर नेम्बाङ लिम्बूको जन्मजयन्तीको अवसर पारेर फाल्गुनन्द गाउँपालिकाले स्थापना गरेको “एकलाख धनराशिको” ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान ’ मार्फत तीन जना साहित्यकार सम्मानसहित पुरस्कृत भएका छन् ।

यही साउन २३ गते स्व। नेम्बाङको ७९ औं जन्म जयन्तीको अवसर पारेर वितरण थालिएको  ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान २०७७ ’ बाट ५० हजार नगद र ताम्रपत्र सहित सुनसरी निवासी प्राध्यापक डा। भीम खतिवडा, अमर  नेम्बाङ युवा स्रष्टा पुरस्कार २०७७ को नगद ४० हजार र सम्मान पत्र सहित पाँचथर फिदिम १० का मधुराज केरुङ तथा अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७मार्फत नगद १० हजार र  प्रशंसा पत्र सहित पाँचथर फाल्गुनन्द २ की मञ्जु  नेम्बाङ पुरस्कृत  भएका छन् ।

पुरस्कृत स्रष्टाहरुलाई, प्रमूख अतिथि लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ, विशेष अतिथि पूर्व राज्य मन्त्री तथा संविधानसभा सदस्य  श्री प्रसाद जबेगू, फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष वीरवहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, नेपालीकांग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,साहित्यकार प्रकाश थाम्सुहाङ, प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्री, लगायतले बधाई एवं पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै, स्व नेम्बाङका जीवनीका बारेमा चर्चा गरेका थिए । 

सोही कार्यक्रममा नेपालकम्युनिष्ट पार्टीका केहेर सि चेम्जोङ, जनता समाजवादी पार्टी पाँचथरका अध्यक्ष लक्ष्मण लावती, सन्देश सुब्बा, देवेन्द्र सत्याम, गजलकार महेन्द्रविरही, युगल सुनुवार, समदर्शी काइला, सुरेन्द्र लामिछाने, गायक खड्ग बोहोरा लगायतका सर्जकहरुले रचना वाचन, स्व।नेम्वाङको  चर्चा तथासम्मानित व्यक्तिहरुलाई बधाई समेत दिएका थिए । 

उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि आमसर्वसाधरणका साथै तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका साहित्यकर्मी लगायत सर्जकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा इको राइटर स्व अमर नेम्बाङ लिम्बूको सम्झनामा स्थापित स्रष्टा सम्मान कार्यक्रमको थालनिगरेकोमा फाल्गुनन्द गाँउकार्यपालिकालाई सबै बक्ताहरूले धन्यवाद व्यक्त गर्दै, निरन्तरताको कामना समेत गरेको कुरा कार्यक्रमका सहआयोजक नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका महासचिव प्रेम ओझाले वताए । आयोजक सहोनाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज बिरहीको अध्यक्षतामा भएको उक्त स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रमको अवसरमा अतिथिहरुलाई आयोजक संस्थाहरू द्वारामायाको चिनो समेत प्रदान गरेको थियो । 

उनको स्मृतिमा स्थापित अमर नेम्बाङ ट्रष्टले पनि विविध सामाजिक कार्यको लागि र छुट्टै साहित्यिक पुरस्कार स्थापना गरी गत वर्षदेखि वितरण शुरुवात गरेको छ । 

राजनीतिज्ञ तथा साहित्यकार एवं समाजसेवी स्व। नेम्बाङले तीनै क्षेत्रमा पुर्याएको योगदानलाइ जीवन्त राख्न दिवंगत जनप्रतिनिधि तथा स्रष्टाकानाममा यत्तिका राशीको पुरस्कार वितरण गर्ने गाँउपालिकाको निर्णयलाई  सबै स्रष्टाहरु र फाल्गुनन्दवासीले  सराहनीय भनेका छन ।

को हुन् अमर नेम्बाङ
अमर नेम्बाङ नेपाली साहित्यका एक बिशिष्ट स्रष्टा हुन् । उनी इको राइटिङका अभियन्ता थिए ।

उनको संस्मरणात्मक निबन्धहरुको संगालो‘सम्झनाका तरेलीहरु’ मा इको राइटिङको उत्कृष्ठ प्रयोग पाइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ ९संस्मरण० र ‘एउटा साँझको अवशान’ कविता कृति प्रकाशित छन् । 

उनका दर्जनौं लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । पाश्चात्यसाहित्यको गहीरो अध्ययन गरेका स्व।नेम्बाङको लेखन उच्च कोटिको मानिन्छ।

स्व।अमर कुमार नेम्बाङको जन्म वि।सं।१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बावु स्व नयेन्द्रराज नरबिर नेम्बाङ र आमा श्रीहाङ्मा थाम्सुहाङ नेम्बाङको कोखबाट  माइला छोराको  रूपमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ