arrow

उद्योग वाणिज्य क्षेत्रलाई मद्दत गर्न एपक्याम स्थापना

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
apcam.jpg

काठमाडौं। रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी बिदेशी लगानी नेपाल ल्याउने उद्देश्यले एसिया प्यासिफिक सेन्टर फर आर्विट्सन एण्ड मेडिएसन(एपक्याम)  नामक संस्था स्थापना गरिएको जनाइएको छ।

विवाद शान्ति, सम्बृद्धी र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सकृय एसिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि बिस्तार गरिएको  संस्थाका महासचिव तथा बरिष्ठ अधिबक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए।

हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विटशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन , हङ्गकङ इन्स्टिच्युट अफ आर्विट्टर्स, थायल्याण्ड आर्विट्शन सन्टर, अष्ट्रेलिया डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु आबद्ध भई संयुक्त सेवा शुरु गरेका छन्।

नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव बरिष्ठ अधिबक्ता  मातृका निरौला,  अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुक कुतुबल जमान, फामी साहेव, सिल्भिया सिविङ, पसित अस्वातानापूर्ण, डेकी लोगोनेज लगाएत छन्। संस्थाको  साउन २२ गते  बिभिन्न मुलुकका न्यायिक क्षेत्रका बिशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा एपक्यामको समुद्घाटन गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ