arrow

नेपालीमा बोलेको नेपालीमै टाइप हुने सुबिधा ल्यायो ‘हाम्रो नेपाली किबोर्ड’ ले

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
hamro-keyboard-nepali-voice.jpg

काठमाडौं। नेपालीमा बोलेको नेपालीमै टाइप हुने सुबिधा सहितको  ‘हाम्रो नेपाली किबोर्ड’को अपडेटेड भर्सनको एप्लिकेशन सार्वजनिक भएको छ। ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको मदतले तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ। यो नेपाली संस्करणमा पहिलो एप्लिकेशन भएको निर्माता कम्पनी हाम्रो पात्रोले दावी गरेको छ।

बोलेर नै टाइप गर्न सकिने (भ्वाइस टाइपिङ) :
एप्लिकेशनमा भएको ताजा अपडेटपछि अन्य काम गरिरहेसँगै बोलेकै भरमा सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गर्न, प्रतिक्रिया दिन, ट्वीट र च्याटहरु गर्न सकिने भएको छ। ‘हाम्रो नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा बोलेरै लेख्न सकिनेछ। भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिने छ। यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नेछन्। यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कुरामा समय कम लाग्नेछ।

किबोर्डको आकार बढाउने सुविधा:
टाइपिङमा आवश्यक्ता अनुसार किबोर्डको आकार बढाउने सुविधायुक्क्त ताजा अपडेट प्राप्त गर्नका लागि  ‘हाम्रो नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सकिने जनाइएको छ। मोबाइल, टाइपिङ गति तथा औंलाको आवश्यक्ता अनुसार किबोर्डको आकार आफूले चाहे अनुसार सानो या ठूलो बनाउन सक्ने सुबिधा एप्समा रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ