arrow

दोलखाको जफे र सुनखानीमा लक्ष्मी बैंकका एक्स्टेन्सन काउण्टर

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
laxmi-bank-sunkhani-tamakoshi.jpg

काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको जनाएको छ। छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको बताएको छ।

यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ