arrow

लेप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाईलनमा

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
leipzig.jpg

काठमाडौं । एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लेप्जिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार राति एट्लेटिकोमाथि २–१ गोल अन्तरको जित निकाल्दै लेप्जिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

क्लब स्थापनाको ११ बर्षमा लेप्जिगले यो सफलता हासिल गरेको हो ।  ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए । एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी छँदा टायलर एडम्सले गोल गर्दै लेप्जिगलाई अविश्वसनीय जित दिलाए  ।

एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो । 

लेप्जिगले अब सेमिफाईनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संग प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ