arrow

विपन्नका नाममा विद्युत प्राधिकरणद्धारा ८२५ परिवारलाई निःशुल्क मिटर वितरण 

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
Nepal-Electricity-Authority.jpeg

भोजपुर । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । 

केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो । 

विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६–७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए । 

प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम शुरु भएको हो ।

स्थानीय तहको सिफारिसको आधारमा विद्युत् विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।  

निःशुल्क विद्युत् मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ