arrow

जिका भाइरसको जोखिम फैलिँदै छ– विश्व स्वास्थ्य संगठन

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Logo-WHO.jpg.jpeg
कोपनहेगेन। जिका भाइरसको उच्च जोखिम यतिबेला जर्जिया र रसियाली क्षेत्रमा बढ्दो मात्रामा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार आगामी गर्मी मौसममा यस भाइरसको जोखिम बढ्ने र त्यो क्षेत्रमा यसको उच्च जोखिम पनि देखिन सक्ने जनाएको छ । 
 
साथै यसबाट युरोपेली क्षेत्र पनि सतर्क भएर बस्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । उक्त संगठनले जनाएअनुसार यदि यसको नियन्त्रणका लागि भरपर्दा उपायहरु नअपनाउने हो भने यसको जोखिम व्यापक बन्दै जाने सो संगठनले जनाएको छ । 
 
लाखुट्टेका कारण सर्ने यस घातक सङ्क्रमणले यसअघि पनि सयौं मानिसको ज्यान लिइसकेको छ । अहिले पनि यसको जोखिम पूरै कम नभएको र खतरापूर्ण अवस्था कायमै रहेको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ