arrow

लिदीमा ठूलो पहिरो, थाहामा चार गाडी नै पुर्यो, के भन्छ जल तथा मौसम विज्ञान विभाग  ?

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
weather-final-final.jpg

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा ठूलो पहिरो जाँदा धेरै जनधनको क्षति भएको छ । अहिलेसम्म त्यसको यकिन विवरण आउन सकेको छैन । 

कम्तीमा ३५–४० जना हताहती भएको हुन सक्ने अनुमान गरिएको छ । २० भन्दा माथि घर पहिरोले बगाएर लगेको छ । १५ जना घाइते भएका छन् । उद्धार हुन सकेको छैन । 

यता, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । 

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् ।  

जताततै त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । 

हाल देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको जनाएको छ । 

विभागले दिउँसो देशभर सामान्य बदली रही  केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५ , र  कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । 

विभागले राति देशभर सामान्य  वदली रही धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १ ,बाग्मती प्रदेश , प्रदेश नं ५,  कर्णाली प्रदेश  र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । 

यसो भन्छ नेपाल बाढी सूचना
यता विभाग अन्तर्गत नेपाल बाढी सूचनाले नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो रहेको, केही समय सतर्कता तह आसपास नै रहने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले दिउँसो सम्मै सतर्कता अपनाईराख्न अपिल गरेको छ । 

त्यस्तै उसले यसअघि आगामी ३ दिन देशैभरका प्रमुख तथा मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने, शुक्रबार बागमती, आरूणखोला, रिउखोला, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही स-साना सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने भन्दै जानकारी गराएको थियो । 

त्यस्तै ‘बर्दिया,केलाली,कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछील्लो ६ घण्टा भारी वर्षा र थप बर्षाको सम्भावना कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने बिहान सतर्क रहौं ।’ भन्दै बिहान ६ः१५ बजे सूचना दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ