arrow

यशराजको मेगा प्रोजेक्टबाट अक्षय कुमार आउट, तीन दशकपछि अजय देवगनको इन्ट्री

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
akshay-kumar-ajay-devgn.jpg

काठमाडौं । यशराज फिल्म्सले एक मेगा प्रोजेक्टका लागि अक्षय कुमारको स्थानमा अजय देवगनको नाम फाइनल गरेको छ । कुनै कारण विनै अक्षय कुमारलाई हटाएर अजय देवगनको नाम फाइनल गरिएको हो।

यस कुराको आधिकारिक घोषणा भने भएको छैन तर फिल्मका निर्देशकको पनि नाम तय भइसकेको छ । फिल्म चर्चित निर्देशक राहुल रवैलका छोरा शिव रवैलले निर्देशित गर्नेछन् । अजय देवगनको मेगा प्रोजेक्ट फिल्म 'पृथ्वीराज' पछि सुरू हुनेछ । 

यशराज फिल्म्स आफ्ना संस्थापक यश चोपडाको जन्मदिन २७ सेक्टेम्बरमा पछिल्लो दुई तीन बर्षमा बनाउने मेगा बजेट फिल्महरुको घोषणा गर्दैछ । सोहि अवसरमा यशराज फिल्म्समा थप एक नयाँ चलचित्रको घोषणा भएको हो । ठुलो बजेटको यो प्रोजेक्टको लागि अक्षय कुमारको नाम चर्चामा थियो तर हालसालै जुन तरीकाले अक्षय कुमारले लण्डनमा 'पृथ्वीराज' को शूटिंग गर्नुको सट्टा 'बेलबटम' लाई प्राथमिकता दिएका थिए।  त्यसले मामिला बिग्रियो। 

अब यस फिल्ममा अजय देवगनको नाम फाइनल गरिएको छ । तीन दशक लामो करियरमा अजय देवगन यशराज फिल्म्सको चलचित्रमा देखिन लागेको यो पहिलो पटक हो । 

यशराज फिल्म्सको सलमान खान र कट्रीना कैफ स्टारर फिल्म टाइगर ३ को सुटिंग आगामी बर्षको फेब्रुवरीमा सुरु हुदैछ । चलचित्रको निर्देशन मनीष शर्माले गर्नेछन्।

यसपछि शाहरुख खानको निर्देशक सिद्धार्थ आनंदसँग बन्ने फिल्मको काम शुरू हुनेछ ।  फिल्मकी हीरोइनको नाम भने फाइनल भएको छैन तर फिल्मको नाम 'पठान' हुने बताइएको छ । फिल्मको लागि दीपिका पादुकोणसँग कुरा गरिएपनि अहिलेसम्म फाइनल भएको छैन । 

यी तीन फिल्म बाहेक यशराज फिल्म्स एक फिल्म विकी कौशलसँग पनि गर्न गइरहेको छ । यो एक कमेडी फिल्म हुनेछ र यसको निर्देशन ठग्स अफ हिन्दोस्तांन बनाएका विजय कृष्ण आचार्यले गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ