arrow

प्रदेश-५ : सवारी मर्मतमै ६३ लाख खर्च, अनियमितताको आशंका

logo
नारायण वली,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
pradesh-5-shava.jpg

रुपन्देही । प्रदेश–५ प्रदेश सभाका ३२ वटा सवारी मर्मतमा ६३ लाख रुपैयाँ खर्च भएको पाईएको छ । २३ महिना अवधि भित्र ६३ लाख रुपैयाँ खर्च भएको पाईएको हो । कृषि अनुदानमा पनि अनियमितता भएको आशंकामा प्रदेश नं. ५ को सार्वजनिक लेखा समितिले एक छानबिन समिति गठन गरेको छ ।

सवारी मर्मतको नाममा अस्वभाविक रुपमा देखिएको खर्चको सत्य तथ्य छानबिन गर्न वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा कृषि अनुदानको खर्च समेत छानबिन गर्न बसिउद्धिन खाँको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको हो ।

३२ वटा सवारी साधनलाई मर्मत गर्दा २३ महिनाको अवधिमा ६३ लाख रुपैयाँ खर्च भएपछि अनियमितता भएको आशंका गर्दै, छानबिन गर्ने तयारी थालिएको प्रदेश–५ लेखा समितिका सभापति डिल्ली वहादुर चौधरीले वताए ।

त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा प्रदान गरेको अनुदानमा पनि अनियमितता भएको आशंकामा छानविन गर्न लागेको सभापति चौधरीको भनाई रहेको छ ।

उनले भने, एउटा चारपाङ्ग्रे सवारी मर्मतमा करिब साढे ७ लाख रुपैयाँ खर्च देखाईएको वताईएको छ । १ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने मर्मत गर्दा कम्तीमा तीन वटा कम्पनी बाट कोटेशन आह्वान गरेर कम्पनी छनौट गर्नुपर्ने कानुनी व्यवस्थामा उल्लेख छ ।

दुई वर्ष पनि नपुगेका नयाँ गाडी मर्मतमा देखिएको अत्यधिक खर्च र कृषि अनुदान कार्यक्रमका लागि छुट्टाईएको ४० करोड रुपैयाँ भन्दा बढी रकम र कोरोना कोष बाट भएको खर्च विवरणको फाईल मगाएर छानबिन गर्न थालिएको सभापति चौधरीले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ