arrow

बाँकेमा ११ र बर्दियामा १२ जना संक्रमित थपिए

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा शुक्रबार ११ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ६ सय ९६ पुगेको छ । हालसम्म ४ सय ३५ जना निको हुँदा ३ जनाको भने मृत्यु भएको छ । भेरीमै गरिएको परिक्षणमा बर्दियाका १२ जनामा पनि कोरोना देखिएको छ । 

७ सय स्वाबको नमुना परिक्षण गर्दा बाँकेका ११ र बर्दियाका १२ जनामा कोरोना पुष्टि भएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ