arrow

इजिप्ट एयरको विमान दुर्घटना भएको पुष्टी, विमानमा तीन बच्चा पनि

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
biman-cre.jpg.jpeg
एजेन्सी । यात्रुसहित बेपत्ता भएको इजिप्ट एयरको विमान दुर्घटना भएको पुष्टी भएको छ  । विमान इजिप्ट पुग्नुअघि १० माइल अघि नै समुद्री क्षेत्रमा खसेको फ्रेन्च राष्ट्रपति फ्रास्वाँ अाेलाण्डले पुष्टी गरेका हुन् । ग्रीसको हवाईक्षेत्र कट्नेवित्तिकै दुर्घटना भएको अन्तर्राष्ट्रिस संचारमाध्यमले जनाएका छन् । मूख्य खोज एवं उद्धार टोलीका अनुसार मूमध्य सागरमा खसेको भन्दै खोजी तिब्र पारिएको छ । विमानमा तीन बच्चा सहित ५६ यात्रु रहेको र सात जना चालक दलका सदस्य रहेको इपिजप्टका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 
 
दुर्घटनाको कारणबारे खुला दिमागले हेरिरहेको भैन्दै फ्रेन्च राष्ट्रपति ओलाण्डले भनेका छन्, ‘यसबारे सत्य के हो भन्ने निष्कर्ष निकालिरहेका छौं । हाम्रो दिमागमा विमान दुर्घटनाको कारण आतंकवाद थियो भन्ने पनि छ ।’ 
 
फ्रान्सको पेरिससबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको एयर बस ए थ्री ट्वेन्टी (फ्लाइट एमएस ८०४) विमानमा बढी ३० यात्रु इजिप्टकै छन् । यस्तै, फ्रान्सका १५, इराकका २ तथा ब्रिटेनी एक नागरिक रहेका बताइएको छ । यस्तै, क्यानाडा, बेल्जियम, कुवेत, साउदी अरब, अल्जेरिया, सुडान, चाड तथा पोर्चुगलका नागरिक समेत विमानमा रहेका अधिकारीहरुले जनाएका छन् । इजिप्ट एयरका अनुसार विमान ११ हजार तीन सय मिटरमाथिको उचाइमा उडिरहेका बेला बिहान साढे ६ बजे सम्पर्कविहिन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ