arrow

कास्कीको क्युरो खोलामा इन्जिनियर अमित पन्त मृत फेला 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
Dead_Body.jpg.jpeg

पोखरा। मादी गाउँपालिका २ दुमा रहेको नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गमा अड्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुभाष हमालले जानकारी दिए ।

हमालका अनुसार उनी हिजो हाइड्राको अफिसबाट खाजा खान भनि निस्किएका थिए । गोरखाको पालुङटार नगरपालिका घर भएका पन्तले केहि समय देखि उक्त हाइड्रोमा काम गर्दै आएका थिए ।

घटनाको बारेमा विस्तृत जानकारी अनुसन्धानपछि सार्वजानिक गरिने कास्की प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ