arrow

कसरी बन्छ बजेट ? हेर्नुहोस् बजेट निर्माणका चरणहरू

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
budget-bag.jpg.jpeg
काठमाडौं। तपाईंका चिनजानका मानिसहरू कोही अर्थमन्त्रालयमा काम गरेका छन् ? छन् भने थाहा पाउनुहुनेछ कि उनीहरूको बजेट निर्माणको समयमा व्यस्तता कति धेरै हुने गरेको छ। अर्थमन्त्रालयका विशेषगरी बजेट महाशाखामा काम गरिरहेका कर्मचारीहरू अहिले विहानदेखि बेलुकासम्म नै अफिसमा मात्रै बसेको देख्दा तपाईलाई पनि धेरै कौतुहलता जाग्न सक्छ कि आखिर यति धेरै मान्छेले के गर्छन् सिंहदरबारमा ?
 
नेपालको वार्षिक बजेट विनियोजनको लागि अर्थमन्त्रालयले कूल ३८ वटा प्रक्रिया अपनाएको हुन्छ। जसमा बजेट तर्जुमा फारम, संकलन, टेबुलेसन तथा अध्ययनदेखि व्यवस्थापिका संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्नेसम्मका प्रक्रियामा पनि बीचमा ३६ वटा प्रक्रियाहरू रहने गरेको छ। अहिले अर्थमन्त्रालयले बजेट तर्जुमा दिग्दर्शन, २०७२ (छैटौं संस्करण) को अधिनमा रही बजेट निर्माण गरिने अर्थमन्त्रालयको बजेट महाशाखाले जनाएको छ। 
 
महाशाखाका एक अधिकृतले बजेट निर्माणको सबै काम सोही दिग्दर्शनको अधिनमा रहेर गरिने जानकारी दिए। उनका अनुसार सो ३८ वटा प्रक्रिया पूरा गर्नको लागि अर्थमन्त्रालयले महाशाखाका विभिन्न तहका कर्मचारीहरूको छुट्टाछुट्टै समूह बनाएर काम गर्ने गर्दछ। त्यसले गर्दा अहिले बजेटको कति नम्बरसम्मको काम सकियो भन्ने कुरा भने यकीन गर्न कठिन छ।
 
अर्थमन्त्रीले व्यवस्थापिका संसद्मा आगामी जेठ १५ गते सार्वजनिक गर्ने बजेट बनाउन यस्तो प्रक्रिया अपनाइन्छ सिंहदरबारमा। हेर्नुहोस् एक देखि ३८ नम्बर सम्मका प्रक्रियाहरूः–
 
१. बजेट संकलन तर्जुमा फारम संकलन, टेबुलेशन तथा अध्ययन
२. बजेटको नीतिगत र कार्यक्रम माथिको छलफल राष्ट्रिय योजना आयोगमा एमटीईएफ सहित
३. अर्थ मन्त्रालयमा बजेट माथिको कार्यक्रम तथा खर्च शीर्षकगत छलफल 
४. आर्थिक सर्भेक्षण नेपाली, अन्तिम मस्यौदा तयारी
५. बैदेशिक प्राविधिक सहायताका विवरणको अन्तिम मस्यौदा तयारी 
६. बजेट सुझाव संकलन गरिसक्ने
७. व्यवस्थापिका संसद्मा पूर्व बजेट प्रस्तुतीको तयारी, 
८. व्यवस्थापिका संसद्मा पूर्व बजेट प्रस्तुतीको तयारी,
९.मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पार्ने 
१०. संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पार्ने 
११. राजश्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत
१२. प्राविधिक सहायताको विवरण छपाई सम्पन्न गर्ने 
१३. वैदेशिक सहायता संलग्न आयोजनाको स्रोत पुस्तिकाको मस्यौदा भिडान गर्ने 
१४. आर्थिक सर्भेक्षण, नेपाली प्रेसमा छपाईका लागि पठाउने 
१५. बजेट सम्बन्धमा सभामुखसँग छलफल
१६. व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अन्तिम मस्यौदा तयारी
१७. व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्च अनुमान सहित
१८. आर्थिक सर्भेक्षण अङ्ग्रेजी अन्तिम मस्यौदा तयारी 
१९. आर्थिक सर्भेक्षण अङ्ग्रेजी प्रेसमा छपाईका लागि पठाउने 
२०. मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको छपाई सम्पन्न गर्ने 
२१. संस्थानको प्रगति विवरण छपाई सम्पन्न गर्ने 
२२. आर्थिक विधेयकहरूको अनुसूचीको मस्यौदा तयार पार्ने 
२३. वैदेशिक सहायता संलग्न आयोजनाहरूको श्रोत पुस्तिकालाई अन्तिम रूप दिने
२४. बजेट वक्ताव्यको प्रारम्भिक मस्यौदा तयारी
२५. आर्थिक विधेयकहरूको सूचीलाई अन्तिम रूप दिने 
२६. व्यय अनुमान सम्बन्धि किताव छपाईका लागि प्रेसमा दिने 
२७. स्रोत पुस्तिका छपाई नेपाली तथा अङ्ग्रेजी
२८. संस्थानको प्रगति विवरण सार्वजनिक गर्ने 
२९. राजश्व अनुमानका अंकहरू बजेट तथा कार्यक्रम महाशाखालाई उपलिब्ध गराउने 
३०. राष्ट्रपतिलाई जानकारी गराउँदै बजेट विवरण तयार गर्ने 
३१. राष्ट्रपतिलाई ब्रिफिङ
३२. बजेट किताव छपाई सम्पन्न गर्ने खर्च शीर्षकगत विवरण, व्यव विवरणको अअनुमान तथा त्रि–वर्षीय खर्च प्रक्षेपण
३३. बजेट वक्तव्य नेपाली छपाईकालागि पठाउने
३४. आर्थिक सर्भेक्षण सार्वजनिक गर्ने
३५. विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेश्की खर्च विधेयक छपाईका लागि प्रेसमा पठाउने 
३६. राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ
३७. बजेट वक्तव्य अङ्ग्रेजी, प्रेसमा दिने
३८. व्यवस्थापिका संसद्मा बजेट वक्तव्य प्रस्तुत  
 
यी माथि उल्लेखित प्रक्रियाहरूलाई व्यवस्थित ढङ्गले पूरा गर्नको लागि अर्थमन्त्रालयले आपसी कार्यतालिका बनाएर काम सञ्चालन गर्ने अर्थमन्त्रालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ