arrow

एक जोर जुत्ताको मुल्य २ अर्बभन्दा बढी !

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
golden-shoes.jpg

काठमाडौं । एक जोर जुत्ताको मूल्य कति पर्ला ? १ हजार, ५ हजार वा १० हजार । तर विश्वमा यस्तो जुत्ता पनि बनेको छ, जसको मूल्य कल्पना पनि गर्न सकिँदैन ।

दुबईको एक कम्पनीले  सार्वजनिक गरेको विश्वको सबैभन्दा महँगो जुत्ताको मूल्य १ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब २ अर्ब ३ करोड रुपैयाँ तोकिएको छ ।  

शुद्ध सुनबाट बनेको यो जुत्तामा २३६ साना हिराहरुको प्रयोग गरिएको छ । साथै १५ क्यारेटको ठुलो हिरा पनि प्रयोग गरिएको छ । यूएईको जदा दुबईले प्यासन ज्वेलर्सको साथमा मिलेर यो जुत्ता बनाएको हो । यो जुत्ताको नाम प्यासन डाइमण्ड सुज दिइएको छ ।
 
यो डिजाइनको जुत्ता बनाउनको लागि ९ महिनाको समय लागेको थियो । जदा दुबई कम्पनी हिराजडित जुत्ता बनाउने कम्पनीहरुमा चर्चित नाम हो ।

यसअघि बेलायती डिजाइनरले निर्माण गरेको १ करोड ५१ लाख डलर अर्थात् एक अर्ब ८० रुपैयाँको जुत्ता सार्वजनिक भएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ