arrow

पुनःनिर्माणमा शान्ति शिक्षाको सहयोग, गगनले गरे विद्यालय भवन हस्तान्त्रण

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
news-school-gagan.jpg.jpeg
काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण तथा मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको लामाटारमा अवस्थित कालीदेवी माध्यमिक विद्यालय पुनर्निर्माण गरि हस्तान्तरण गरेको छ। जेठ ५ गते एक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले नवनिर्मित भवन उदघाटन तथा हस्तान्तरण गर्नुभएको थियो। 
 
सांसद थापाले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरि विद्यालयका बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गर्नुभयो । 
कार्यक्रममा ललितपुर क्षेत्र नं २ का सांसद चन्द महर्जनले त्यस क्षेत्रका लागि सभासद कोषबाट विभिन्न विकास योजना अन्र्तगत भए गरेका कार्यक्रमहरु सम्बन्धि प्रष्ट पार्नु भयो । 
 
कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र विष्टले गत वर्षको विनाशकारी भुकम्पले विद्यालयको तीनवटा भवनहरु क्षतिग्रस्त बनाएको विद्यालयमा पठनपाठन गर्न गराउने असहज भएपनि विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भई अस्थायी कक्षा कोठामा राखी पठनपाठन भईरहेको बताउनुभयो । शान्ति शिक्षा अभियान नेपालले ३ कोठे पक्की भवन निर्माण गरि सहयोग गरेपछि विद्यालयलाई धेरै राहत मिल्ने भएको र यसका लागि संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
 
 
 
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कुल लागत रकम ११,३१,६०२।– खर्च भएको बारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गर्नुभयो । 
 
यसैगरि शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रवीन्द्र महर्जनले भुकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीहरुलाई असहज वातावरणमा पठनपाठन गराईरहेको अवस्थामा अस्ट्रियन अल्पाईन एसोसिएसन, ईम्ष्ट, अस्ट्रिया को आर्थिक सहयोगमा विद्यालय भवन पुननिर्माण/मर्मत कार्यक्रम २०७२/७३ अन्तर्गत पुनर्निर्माण गरि पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । आगामी दिनहरुमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिका कार्यक्रमहरु मार्फत संस्थाको सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालय भवननिर्माण/मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । 
 
गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनिय अवस्थालार्ई मध्यनजर गर्दै संस्थाले विद्यालय भवन पुननिर्माण/मर्मत कार्यक्रम २०७२/७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १० वटा गरि कुल रु २ करोड ७५ लाख को लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण असार मसान्तभित्र सक्ने योजनाका साथ काम गरिरहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ